विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

 राष्ट्रिय डेली

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ ।

विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार उद्धार गरिएको हो ।

आफ्नी बहिनीसहित दुई हप्ताअघि घरबाट विराटनगर आएकी दुर्गाले आफू कामको खोजीमा विराटनगर आएको बताइन् । विराटनगरमा आफन्त कोही नरहेको र बस्ने ठाउँ नभएकोले दुई हप्तासम्म दिदीबहिनी सोही छाप्रोमा बसेको उनले बताइन् ।

यसबीच कामको खोजीमा हिँडिरेहका दिदीबहिनीलाई जामुनगाछीकी स्थानीय कुन्ती कामतले एक हप्ताअघि जनही प्रतिदिन ६ घण्टाको चार सय रूपैयाँका दरले पारिश्रमिक पाउने गरी खेतमा पाकेको मकै भाँच्ने काम दिइन् । उनीहरूले दुई दिन काम गरेर सहमतिअनुसारको पारिश्रमिक लिए ।

पारिश्रमिकबापत पाएको रकमले केही दिन भोकप्यास टार्दै कामको खोजी जारी राखेर उनीहरू त्यही छाप्रोमा बसे । हत्तपत्त कसैको नजर नजाने छाप्रोमा बसेका उनीहरूबारे स्थानीयले ढिलो गरी मात्र थाहा पाए । स्थानीयले सोधपुछ गर्दा उनीहरूले आफूहरू घर जाने बताए ।

तर, पारिश्रमिकबापतको रकमबाट बचेको रकमले दुवैलाई घर जाने खर्च नपुगेपछि दुर्गाले आफ्नी बहिनीलाई शनिबार घर पठाएर आफू छाप्रोमै बसिन् र कामको खोजी जारी राखिन् । पछिल्ला तीन–चार दिन आफूले खानेकुरा नखाएको दुर्गाले सुनाइन् । आइतबार उद्धारका लागि छाप्रो पुगेका जामुनगाछीका स्थानीयले उनलाई खाजाको व्यवस्था गरिदिए ।

यसरी दुई हप्तासम्म बेवारिसे छाप्रोमा बसेकी दुर्गाको आइतबार स्थानीयको रोहवरमा उद्धार गरेर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले उनलाई परिवारसँग सम्पर्क गरेर घर पठाउने प्रक्रिया सुरू गरेको छ ।

उद्धार गरिएकी दुर्गाका अनुसार उनले विराटनगरको तीनपैनी चोकमा स्थानीय शेरसिंह दुगडको घरमा तीन वर्ष दुगडका शिशु स्याहारको काम गरेकी थिइन् । तर, उनले पाउनुपर्ने पारिश्रमिकबापतको रकम उनकी कान्छीआमा रामवती उरावले लिइन् । दुर्गाकी आफ्नी आमा दीपा उरावले केही वर्षअघि परिवार छाडेर हिँडेपछि बुवा प्रदीप उरावले रामवतीलाई दोस्री श्रीमतीको रूपमा विवाह गरेका हुन् ।

आफ्नो समस्यामा केही स्थानीयको आशंकायुक्त केरकारले सशंकित बनेकी दुर्गालाई बालउमेरमै श्रम गर्दै हिँड्नु र यसरी बेवारिसे छाप्रोमा भोकप्याससहितका समस्या झेल्दै बस्नुको कारणबारे सोध्दा उनले स्पष्ट बताइनन् ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...