विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
स्वास्थ्य शिविरमा १ सय १० जनाले सेवा लिएका थिए भने फाउण्डेसनले दुई लाख बराबरको औषधी निःशुल्क वितरण गरेको थियो ।
स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, छाला सम्बन्धी रोग लगायतको परिक्षण गरिएको थियो । फाउण्डेसनले यसअघि विभिन्न स्थानमा स्वास्थ्य शिविरसँगै निः शुल्क औषधी वितरण गरिसकेको छ । स्वास्थ्य शिविरमा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाको पनि उपस्थिति रहेको थियो ।
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/09c93097-09dd-4c47-b1b3-34fcca8cb689-300x225.jpg)
फाउण्डेसनका अध्यक्ष अभिषेक गिरीले आगामी दिनमा सामाजिक कार्यलाई थप सक्रियताका साथ अगाडी बढाइने बताए । पछिल्लो समय गिरीले सामाजिक सेवालाई थप प्रभावकारी बनाउन फाउण्डेसनमार्फत काम गरिरहेका छन् । गिरीको दैनिकी अहिले यस्तै कार्यमा बितिरहेको छ ।
उनको सामाजिक कार्यले आम सर्वसाधारणलाई राहत मिलिरहेको छ । उनको यो कार्यप्रति सर्वसाधारण हर्षित भएका छन् ।
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/a77cfd9b-c701-4e3c-aacc-054713444115-300x225.jpg)
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/3cbc94f0-44aa-49ac-a894-dfecfde6e0a3-169x300.jpg)
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/e8dcc188-57cb-4415-ac4e-136480b88586-225x300.jpg)
Post Views: 361