विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै वाईआरसीसीले उपाधि जितेको हो ।
जितसँगै वाईआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । उपबिजेता बनेको होराइजनले ७५ हजार रूपैयाँमा चिक्त बुझायो ।
वाईआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई २ सय ४६ रन बनाएको हो । जितका लागि वाईआरसीसीका देव खनालले आक्रमक ब्याटिङ गर्दै शतक हाने । उनले ३४ बलमा ११२ रन जोडे । खनालले १२ छक्का र ८ चौका प्रहार गरे । उनले यो प्रतियागितामा दोस्रो सतक हो ।
नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाईआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कँडेल, श्रवण किस्कुले समान २–२ विकेट लिए ।
वाईआरसीसीले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७ दशमलव १ बलमा सबै विकेट गुमाई ४६ रन मात्रै बनाए । सुजन थपलियाले १२ रन, दिपेश कँडेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
उपाधि हात पार्न वाईआरसीसीका हेमन्त धामीले आक्रमक बलिङ गरे । उनले एक्लै ३ दहमलव १ बलमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेयर्स अफ द म्याच घोषित भए । त्यसैगरी विपिन खत्रीले ३ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट बलर होराइजन क्रिकेटका श्रवण किस्कु, उत्कृष्ट ब्याटर वाईआरसिसिका देव खनाल र प्लेयर्स अफ द सिरिज वाईआरसिसिको अभिषेक पाठक घोषित भए ।
विजेता हुने टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरीले पुरस्कार वितरण गरेका थिए ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुल महासंघको आयोजनामा वैशाख २८ गतेबाट सुरू भएको प्रतियोगितामा नेपालका १० र भारतका ६ टिम गरी १६ टिमको सहभागिता थियो ।
Post Views: 239