प्रेस युनियन कोशी प्रदेशले गर्‍याे अग्रज पत्रकारलाई सम्मान

प्रेस युनियन कोशी प्रदेशले गर्‍याे अग्रज पत्रकारलाई सम्मान

 राष्ट्रिय डेली

विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेशले अग्रज पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू खोटाङका कृष्ण आचार्य, झापाका गोविन्दचन्द्र क्षेत्री, सुनसरीका गिरिराज आचार्य र हर्ष सुब्बा, मोरङका भारती उपाध्याय र दुर्गाप्रसाद खतिवडा रहेका छन् ।

उनीहरूलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, विराटनगरका मेयर नागेश कोइराला, युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले सम्मान गरेका थिए ।

मोरङका दुर्गाप्रसाद खतिवडा सम्मान समारोहमा स्वास्थ्यका कारण उपस्थिति हुन नसकेकाले उनको सम्मान घरमै पुर्‍याइदिने नवोदितले बताए ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा युनियनले ६ जना अग्रज पत्रकारलाई समेत सम्मान गरेको हो ।

यसैबीच युनियनले सञ्चारकर्मीहरूबीच दौड प्रतियोगितासहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

महिला र पुरूष दुई समूहमा आयोजित प्रतियोगितामा पुरूष सञ्चारकर्मीतर्फ विराटनगरका लाइभ न्यूजका कपलेश्वर यादव प्रथम भएका छन् । त्यस्तै बीएफएमका अनन्तराम चौधरी द्वितीय र इलामका सुरेश भट्टराई तृतीय भए । त्यस्तै महिला सञ्चारकर्मीतर्फ मोरङकी इन्दु साह प्रथम, ताप्लेजुङकी माला पालु.गा द्वितीय, तेह्रथुमकी जानुका नेपाल तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरूष दुवैलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रूपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महेन्द्र चोकबाट सुरुरू भएको दौड बरगाछी उत्तरमा अवस्थित होटल मनास्लु इनमा पुगेर समापन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् । कोइरालाले गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने बताए ।

‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न,’ कोइरालाले भने ।

गृहमन्त्री लामिछानका दुइटा पासपोर्ट र दुइटा नागरिकता भएको दाबी गर्दै उनले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुइटा नागरिकता र दुइटा पासपोर्ट रहेको दाबी गरे ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोधले भएको भन्दै उनले सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेर दोहोरो कुरा गरेको बताए ।

‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं ? पहिलो दिन कैलाशजीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने, ‘सरकार छ कि छैन ? यो देशमा भइरहेको छ चाहिँ के ? बूढी मर्‍याे भन्दा काल पल्कियो ।’ कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्यप्रति कांग्रेसले सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे ।

कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार तानाशाही तरिकाबाट अगाडि बढिरहेको बताए । उनले सरकारले सञ्चार क्षेत्रमाथि समेत अंकुश लगाउन प्रयास गरिरहेको दाबी गरे ।

कार्यक्रममा विराटनगरका नागेश मेयर कोइराला, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष दीपेन्द्र बान्तवा, पत्रकार महासंघ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले मन्तव्य व्यक्त राखेका थिए ।

त्यस्तै युनियनले नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी प्रदेश भेलासमेत सम्पन्न गरेको छ । भेलामा १४ वटै जिल्ला शाखाका अध्यक्षहरूले महासंघ निर्वाचनको तयारी, युनियनको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।

भेलामा युनियनका १४ वटै जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, युनियन र महासंघबाट केन्द्र, प्रदेशमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य, सल्लाहकार समिति, परामर्श समितिलगायतको उपस्थिति रहेको महासचिव सञ्जीव वाग्लेले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशले स्थापना गरेको पत्रकार सामाजिक सुरक्षा र उपचार कोषको समेत औपचारिक घोषणा गरिएको थियो । सोही अवसरमा ‘प्रदेशको स्थायित्व र विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषय विचार गोष्ठी पनि आयोजना गरिएको थियो ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...