इडेनवर्ग कलेजले गर्‍यो विद्यार्थीहरूको स्वागत र बिदाइ

इडेनवर्ग कलेजले गर्‍यो विद्यार्थीहरूको स्वागत र बिदाइ

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर ९ स्थित इडेनवर्ग कलेजले स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

कलेजले बिहीबार विराटनगरस्थित होटल मनास्लु इनमा एक कार्यक्रम आयोजना गरी स्नातक तह प्रथम वर्षमा बीबीएस र बीएड अध्ययनका लागि नवआगन्तुक ४१५ जना विद्यार्थीहरूलाई स्वागत गरेको हो । यस्तै यिनै संकायमा चौथो वर्षको अध्ययन सकेर वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका २५० जना विद्यार्थीहरूलाई बिदाइ गरेको हो गरिएको कलेजका क्याम्पस प्रमुख डीके साहले जानकारी दिए ।

स्वागत तथा बिदाइ कार्यक्रम कलेजका अध्यक्ष विष्णु दाहालको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डा। डिल्लीराम प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष दाहाल, प्रमुख अतिथि डा। प्रसाईं, क्याम्पस प्रमुख डीके साह, कान्तिपुर कलेजका निर्देशक प्रा। डा। जनक अधिकारी, कान्तिपुर कलेजका प्रिन्सिपलसमेत रहेका इडेनवर्ग कलेजका सञ्चालक भुवन नेपाललगायतले विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना दिएका थिए ।

 

कार्यक्रमका अवसरमा स्नातक तह अध्ययनरत दुई जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । इडेनवर्ग कलेजका पूर्वकर्मचारी स्व. कृष्ण देवानको स्मृतिमा स्थापित पूर्ण छात्रवृत्तिसहितको पुरस्कार बीबीएस तेस्रो वर्षमा अध्ययनरत सृजनाकुमारी मेहताले पाएकी छन् । त्यसैगरी कलेजले बीबीएस दोस्रो वर्षमा अध्ययनरत आरिफ अंसारीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा इन्जिनियर एशोसिएशन कोशी प्रदेश प्रमुख तथा कलेजका सञ्चालक जयनाथ यादवसहित विभिन्न शैक्षिक संस्थाका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...