विराटनगरको विभिएसमा फेसन डिजाइनिङको पठन पाठन शुरु

विराटनगरको विभिएसमा फेसन डिजाइनिङको पठन पाठन शुरु

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगरको विभिएसले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ र व्यवस्थापन विषयको पठन पाठन सञ्चालन गर्ने भएको छ । विराटनगरमा रहेर एउटै क्षेत्रमा विभिन्न विकल्प सहितका विषयहरू अध्यापन गराउँदै आएको विभिएसले होटल म्यानेजमेन्टसँगै हस्पिटालिटी म्यानेजमेन्ट र कलिनरी आर्टस् पढाउँदै आएको छ ।

विभिएसले छात्र–छात्राहरूलाई विभिन्न विकल्प सहित फेसनको उदाउँदो दुनियाँमा व्यवसायिक अनुभव प्रदान गर्ने लक्ष्य राखेर फेसन डिजाइनिङ र व्यवस्थापन विषयको पठन पाठन सञ्चालन गर्ने भएको हो ।

शैक्षिकसत्र २०८१ देखि फेसन डिजाइनिङ तथा कर्मसका विषयका पठनपाठनलाई उत्कृष्ट, प्रभावकारी साथै प्रयोगात्मक र व्यवहारिक बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका कार्यक्रम निर्देशक दिपेन भट्टराईले बताएका छन् । कलेजले व्यवसायीक विषयका रूपमा फेसन डिजाइनिङ ल्याएको र अन्य डिप्लोमा संस्था, बुटिक, र फेसन कार्यक्रम व्यवस्थापन टोलीसहितको विभिन्न साझेदारहरूसँग सहकार्य सहित यसलाई व्यवस्थित बनाइएको उनले जानकारी दिए ।

फेसन डिजाइनिङ र व्यवस्थापन कार्यक्रम व्यवस्थापनका लागि कलेजले दिपेन भट्टराईलाई कार्यक्रम निर्देशकका रुपमा नियुक्त गरेको छ । संस्थाको संस्थापक प्राचार्य र अध्यक्षको रूपमा कार्य गरि भट्टराईलाई कलेजले नयाँ भूमिकामा भिœयाएको हो । त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट आफ्नो एम.फिल÷पिएचडी पूरा गर्दै गरेका भट्टराईले विभिएसलाई शैक्षिक उत्कृष्टता र नयाँ उचाइमा पु¥याउँने बिश्वास गरिएको छ ।

एक दशकदेखि होटल व्यवस्थापनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा दिदै आएको विभिएसले उत्पादन गरेका जनशक्ति देशका विभिन्न तारे होटलदेखि पर्यटकीय गन्तव्यका रेष्टुरेन्टमा काम गरिरहेका छन् भने उच्चशिक्षाका लागि अष्ट्रेलिया, जापान, वेलायत, अमेरिका जस्ता देशमा पुगेका विद्यार्थीहरू अध्ययनसँगै काम पनि गरिरहेका छन् ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...