सिरहाको लहान स्थित टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टरले ब्रिजकोर्ष गरिरहेका १५० भन्दा बढि विद्यार्थीहरुलाई विराटनगरमा रहेको अर्किड कलेजको शैक्षिक भ्रमण गराएको छ । टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टरले आज एसईई दिएर व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई अर्किड कलेज विराटनगरको शैक्षिक भ्रमण गराएको हो ।
शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरुलाई कलेजले विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाको अवलोकन समेत गराएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले हरेक बर्ष अर्किडमा अध्ययनरत विद्यार्थीहरुले पुर्ण छात्रबृतीमा मेडिकल र इन्जिनियरिङमा धेरै विद्यार्थीहरुले नाम निकाल्न सफल भएकाले अर्किड कोशी प्रदेशमै उत्कृष्ट कलेज रहेको बताएका छन् ।
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/IMG_9511-300x200.jpg)
कार्यक्रममा बोल्दै प्रध्यापक विरेन्द्रकुमार झाले विद्यार्थीहरुलाइ निर्धक्क अर्किडमा अध्ययन गरी आफ्नो भविष्य सुन्दर बनाउन आग्रह गरेका थिए । विराटनगरमा रहेको अर्किड कलेजले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई सर्वसुलभ रकममा विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको निर्देशक दिपेश बाँस्तोलाले बताए ।
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/IMG_9503-300x200.jpg)
कार्यक्रममा कलेजका प्रिन्सिपल सिएम श्रेष्ठ, निर्देशक दिपेश बाँस्तोला, को अर्डिनेटर मनिष भट्टराई, प्रध्यापकहरु डा। राजन दत्त,, विरेन्द्रकुमार झा लगायतले शैक्षिक परामर्श दिएका थिए । त्यसैगरी कार्यक्रममा अरविन्दकुमार दास, दिनेश मेहता, राकेश यादव, धिरेन्द्र कर्ण, प्रकाश बाँस्तोला, टाइम्सका सिइओ भोलाजित नेपाल बा्रन्च म्यानेजर निर्मल शाह लगायतको उपस्थिति रहेको थियो ।
Post Views: 1,144