विराटनगर । गिरी फाउण्डेसनले मोरङ कारागारमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा गिरी फाउण्डेसनले मोरङ कारागारमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
स्वास्थ्य शिविरमा मोरङ कारागारमा रहेका ५०० भन्दा बढि कैदिबन्दिहरुले सेवा लिएका थिए भने फाउण्डेसनले औषधी समेत निःशुल्क वितरण गरेको थियो ।
स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, दम र छाला सम्बन्धी रोग लगायतको परिक्षण गरिएको थियो । फाउण्डेसनले यसअघि विभिन्न स्थानमा स्वास्थ्य शिविरसँगै निः शुल्क औषधी वितरण गरिसकेको छ । स्वास्थ्य शिविरमा गिरी फाउण्डेशनका अध्यक्ष अभिषेक गिरी, कारागारका जेलर, ससस्त्र प्रहरीका डिएसपी, लगायतको उपस्थिती रहेको थियो ।
![](https://rastriyadaily.com/wp-content/uploads/2024/05/1c9266ee-bad0-4e6c-a280-60c6a91d52cc-300x225.jpeg)
पछिल्लो समय गिरीले सामाजिक सेवालाई थप प्रभावकारी बनाउन फाउण्डेसनमार्फत विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । मोरङ कारागारमा गरिएको निशुल्क स्वास्थ्य शिविरले कैदिबन्दिहरु समेत खुसी भएका थिए ।
Post Views: 619