विराटनगर, २० जेठ । प्रदेश १ प्रदेश सभा सदस्य विन्दिया कार्कीको छोराले चलाएको कार दुर्घटना हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । आज साँझ करिब ७ : २५ बजे भएको उक्त उर्घटनामा परेर अर्का एकजना घाईते भएका छन् ।
कारको ठक्करबाट विराटनगर–४ को न्यू एभरेस्ट फर्निचरमा काम गर्ने भारत कटिहार घर भएका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको छ भने सोही स्थानमा काम गर्ने मोरङको कटहरी गाउँपालिकाका २७ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१०२२ च २१३९ नम्बरको कार दुई जना पैदलयात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश सभा सदस्य कार्कीको छोरा रोविन कार्कीले गाडी दुर्घटना गराएको खुल्नमा आएको छ । कार दुर्घटना हुँदा कार भित्र अन्य दुईजना समेत रहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीको भनाई अनुसार तिब्र गतिमा आएको कार अनियन्त्रित भएर उनिहरूलाई ठक्कर दिएको थियो भने अन्य पैदल हिडिरहेका केही व्यक्ति भागेर दुर्घटना हुनबाट जोगिएका थिए ।
कारलाई क्रेनको सहायताले त्यहाँबाट हटाईएको छ ।
Post Views: 5