विराटनगर। नेपालमा समय अगावै मनसुन भित्रिएपनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ ।
नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपमले लिन नमिल्ने बताउनु भयो ।
उहाँले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताउनु भयो ।
उहाँले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आईतवारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताउनु भयो । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।
Post Views: 40