विराटनगर । अभिनेत्री दीया मास्केले आफ्नो जीवनमा भएका यौन दुर्व्यवहारका घटनाबारे खुलासा गरेकी छन् ।
हालै एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल र विद्यालय जीवनमा भोगेका घटनादेखि पछिल्लो फिल्म ‘प्रकाश’को सुटिङ सेटमा समेत दुर्व्यवहार भोग्नुपरेको अनुभव बाँडेकी छन् । दीयाले दुर्व्यवहारविरुद्ध बोल्न जरुरी रहेको पनि बताइन् ।
उक्त अन्तर्वार्तामा दीयाले यसरी ती घटनालाई बताएकी छनः तपाईंलाई ‘जुन त लाग्यो ताराले’ गीत थाहा हुनुपर्छ । म त्यो बच्चाहरुको ग्रुपमा थिएँ मेरै स्कुलमा । आठ वर्षका बच्चाहरु थियौं । ती बच्चामध्ये ठूलो म नै थिएँ । बसमा हामी खप्टेर सुतिरहेका थियौं । हाम्रो पिरियड पनि भएको थिएन ।
ममाथि थिएँ सबभन्दा । मलाई केही असजिलो महसुस भयो । आँखा खुल्यो मेरो । त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समातिराख्या थियो । त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला रु कम्तीमा त्यो मान्छे ३० वर्षको होला । मलाई डर लाग्यो त्यसबेला ।
त्यही पनि छुटेको बहाना गरेर छोड्दिएँ । आठ वर्षको बच्चालाई के थाहा रु त्यो कुरा फिल्ममा मात्र हुने होइन, मलाई स्कुलको टिचरले पनि गरेको छ । मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले । सिरियस्ली सर, तपाईंलाई अहिले मैले भेटें भने म छोड्नेवाला छैन । तपाईंलाई म एक झापड चाहिं दिन्छु ।
सिरियस्ली मैले किन विरोध गरिनँ भनेर मलाई अहिले आफैसँग रिस उठेको छ । यी घटनाले मनोवैज्ञानिक रुपमा एउटी केटी मान्छेलाई जिन्दगीभर पछ्याउँछ । यसबारे समाजले विचार गर्नुपर्छ जस्तो लाग्छ ।
यस्तो कुरा बाहिर भन्न गाह्रो छ । १० वर्ष वा २० वर्षपछि पनि यस्तो कुरा आउन सक्छ, तर सुन्नु चाहिं पर्छ । हाम्रो समाजमा यस्तो छ, त्यो तपाईंलाई पनि थाहा छ । दुर्व्यवहार छ हाम्रो समाजमा भन्न सकिंदैन, तर अहिले चाहिं म भन्न सक्छु ।