महानगरले बनायो विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम

महानगरले बनायो विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम

 राष्ट्रिय डेली

विराटनगर / अविरल वर्षाका कारण उत्पन्न हुने बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विराटनगर महानगरपालिकाले विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम बनाएको छ ।
महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा मंगलबार बसेको आकस्मिक बैठकले महानगरवासीको जिउधनको रक्षाका लागि रेस्पोन्स टिम बनाएको हो । सो टिमले उद्धारसँगै राहत वितरण, विस्थापितको व्यवस्थापनलगायतको कार्य गर्नेछ । विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानको संयोजकत्वमा सहकार्य समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सामाजिक महाशाखा प्रमुख पुनम दाहाल रहनु भएको छ ।
त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, बसोबास (सेल्टर) व्यवस्थापनमा दुर्गाप्रसाद खतिवडा, सुरक्षा व्यवस्थापनमा राजन पौडेल, स्वास्थ्य, पोषण, औषधि तथा स्वच्छतामा रमेश कार्की, सरसफाई, विपद व्यवस्थापनमा हीरा यादव, पूर्वाधार व्यवस्थापनमा गोपाल पोखरेल, प्रशासनिक व्यवस्थापनमा अर्जुन थपलिया र सञ्चार व्यवस्थापनमा मीनुकमार नवोदित रहनु भएको छ ।
बैठकमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीको जिउधनको रक्षाका लागि जिम्मेवारीपूर्वक लाग्न निर्देशन दिनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुक्षित स्थानमा सार्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले बाढी र डुबानबाट विस्थापितहरुको व्यवस्थापनमा महानगर लागिपर्ने बताउनुभयो । उहाँले स्थानीय संघसंस्थासित सहकार्य गरेर विपदको सामना गर्नुपर्ने औंल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जोखिमयुक्त बस्तीको पहिचान भइसकेकाले उनीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको बताउनुभयो । बस्नेतले विस्थापितहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिने उल्लेख गर्नुभयो ।

adv-single
सम्बन्धित समाचार

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...