विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका मुख भित्र जिब्रो भन्दा माथि चिरिएका तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ ।कोशी प्रदेश , मधेश प्रदेश बाट समेत १६ जना बिरामीहरु उपचारका लागि आएका नर्सिङ स्टाफ निलम श्रेष्ठले जानकारी दिइन ।
समस्यामा परेका आफ्ना टोल समाजमा रहेका यस्ता प्रकृतिका व्यक्तिहरुले सम्पर्क गदौ उपचार पाउने भएका हुन् । मुख भित्रको सल्यक्रिया भईसकेपछि बोलि राम्रो बनाउन बोलिको तालिम हरेक दिन दिने गरेको स्पिच थेरापिस्ट शिव कुमारी रार्इले जानकारी दिइन ।
जलेको पोलेको बिरामीको उपचार पश्चात फिजियो थेरापि गराउनु पर्ने र उक्त सेवा समेत फेक्ट नेपालले निःशुल्क उपलब्ध गराएको संस्थाका कर्मचारी सबिना चौधरीले जानकारी दिइन ।
प्लास्टिक सर्जन डाक्टर किरण नकर्मीको नेतृत्वमा डाक्टर बन्दना पौडेल लगायतको टोलिले निशुल्क सल्यक्रिया गरि उपचार गरि रहेको छ।कोशी
प्रदेश तथा मधेस प्रदेश लगायतका क्षेत्रबाट सेवा लिन आएको र बिभिन्न जिल्ला तथा समुदायमा स्थानीय संघसंस्था सँगको सहकार्यमा शिविर संचालन गरि त्यस्ता बिरामीको छ्नोट गरि बिराटनगर ल्याइ निशुल्क खाने बस्ने ब्यबस्था समेतको प्रबन्ध गर्दै सल्यक्रिया गरिने फेक्ट नेपालका कर्मचारी रेनुका श्रेष्ठले बताइन् ।