प्रचण्ड आज स्वदेश फर्किने

प्रचण्ड आज स्वदेश फर्किने

 राष्ट्रिय डेली

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्।

शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै स्वदेश फर्किन लागेका हुन्। यसअघि शुक्रबार प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले इन्दोरको फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए।

‘स्वच्छ भारत अभियान’को नेतृत्व गरेको यो शहरले प्राप्त गरेको सफलतालाई काठमाडौँमा प्रयोग गर्न सकिने भन्दै प्रचण्डले फोहर व्यवस्थापनको ढाँचाका बारेमा सरकारले थप अध्ययन गरेर अगाडि बढ्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए। प्रचण्डले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताएका छन्। भारतका भ्रमणका क्रममा दुई देशबीच विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माण लगायतका विषयमा सात सम्झौता भएको छ।

adv-single
सम्बन्धित समाचार

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...

‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै...

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन...

५ वर्षमा बेचबिखनमा परेका १ हजार ६ सय जनाको उद्धार

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० सम्ममा बेचबिखनमा...

सेयर बजारमा ४२ अङ्कको गिरावट

काठमाडौं । हप्ताको पहिलो दिन सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ । आज...

खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा युवाहरूले जलबायु जनमार्च गरेका छन् । शनिबार राति विराटनगरको हिमालय रोडदेखि महानगरपालिकाको कार्यालयसम्म युवाहरूले जलवायु मार्च गरेका हुन् । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका...

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले...

मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

  विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आज नाटक मञ्चनसँगै कविता...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।...

एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध...