विराटनगर । लघुवित्तको पक्षमा मोरङको रंगेली नगरपालीका बबियाबिर्तामा महिलाहरु सडकमा उत्रिएर र्याली गरेका छन् । लघुवित्त संस्थाको पक्षमा रहेका महिलाहरुले प्रहरी चौकी बबियाविर्ताबाट र्याली शुरु गरि बजार परिक्रमा गरेका थिए ।

लघुवित्त हाम्रो घर हो, घर भाँड्न पाँइदैन,गृह मन्त्रालयको आदेश पालना गर, जनताको बचत सुरक्षित गर, संघर्ष समिती खारेज गर लगायतका नारा सहितको प्ले कार्ड बोकी एक हजार भन्दा धेरै महिलाहरुले र्याली निकालेका थिए । प्रहरी चौकी बबियाबिताबाट निस्किएको र्याली सखरदिना हुदै बबियाबिर्ता चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा परिणत भएको र्यालीलाई स्थानिय महिलाहरुले सम्बोधन गर्दे निर्वाध रुपमा कारोबार गर्ने अधिकार खोसे मनिराम ज्ञवालीले नेत्तृत्व गरिरहेको संघर्ष समिती विरुध्द जस्तोसुकै कदम चाल्न पनी महिलाहरु तयार रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै सदिना खातुनले आर्थिक अवस्था कमजोर भएका महिलाहरुको साहारा बनेको लघुवित्त विरुध्द लागे आफुहरु पनी तयार रहेको बताइन । त्यसैगरी अर्की महिला राधा मण्डलले कार्यक्रममा बोल्दै संघर्ष समितीका मिटरब्याजीहरु लघुबित्त विरुध्द लागे महिलाहरु चुप लागेर नबस्ने बताइन् ।

र्यालीमा विराटनगर, रंगेली, रतुवामाइ,कटहरी लगायतका ठाउँहरुका महिलाहरुको उपस्थिती रहेको थियो ।