विराटनगर । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् । शनिबार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको संलग्नता देखिएपनि कुनै हालतमा छुट नदिने जिकिर गरे ।
उनले भने ‘अहिले आफ्नै देशको नागरिकलाई अनागरिक बनाउँदै नक्कली शरणार्थीको ट्याग लगाएर सम्पत्ति आर्जन गर्नका निम्ति पठाउँने योजनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा दोषीमाथि कारवाही होस् भनेर गृह मन्त्रालय तथा प्रहरीले न्यायलयमा पेश गरिसकेका छौं । आशा गर्छौ पीडितहरुलाई न्याय दिने हाम्रो अनुसन्धान खेर जाने छैन । हामीले सुशासनको स्थापना गर्न कुन पार्टी मलाई मतलब छैन् । आज अरु कुनै पार्टीको पर्यो भ्रष्टाचार काण्डमा भोलि मेरै पार्टीको पर्न सक्छ तर छुट कसैलाई दिने छैन् ।’
गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नका लागि राष्ट्रिय एकता बलियो बनाउँन आवश्यक रहेको बताए ।