५८ अंकले घट्यो नेप्से परिसूचक
विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस) कोड अनिवार्य गरेका हुन् ।
एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर (२६औं संशोधन) –०८१ को अनुसूची–५, अनुसूची–५ को (ख) र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एसएस कोड अनिवार्य गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ । मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ ।जसमा पहिलो कोठामा सि.नं., दोश्रो कोठामा एचएस कोड र तेश्रो कोठामा विवरण उल्लेख छ ।
यसअघि बिजकको पहिलो कोठामा सि.नं. र दोश्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो । बिजको नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एसएस कोडको सुरुको चार अंक अनिवार्य खुलाएको हुनैपर्नेछ ।
यस्तै नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दको सट्टा निर्यात शब्द राखिएको छ।
नयाँ व्यवस्थाले वैध वा अवैध बाटोबाट आयातित सामान छुट्याउन सकिने र राजश्व वृद्धिमा उल्लेख्य सुधार हुने अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुख एवं बजेट लेखन समितिका संयोजक सह–सचिव धनिराम शर्माले बताए ।
उनका अनुसार आगामी दिनमा कुनै पनि सामान वैध च्यानलबाट आएको हो वा होइन भन्ने छुट्याउन सजिलो हुन्छ । ‘बिजकमा बिक्री भएको सामानको एसएस कोड अनिवार्य गर्नुपर्ने व्यवस्थाले बजार अनुगमनका क्रममा अवैध रुपमा भित्रिएका सामान बिक्री वितरण भए/नभएको सजिलै ट्रयाक गर्न सकिन्छ’, शर्माले भने, ‘कुन सामान भन्सारको बाटो भएर आएको हो र कुन सामान भनसार छली गरीे आयात गरिएको हो छुट्याउन सकिने भएकाले राजश्व वृद्धिमा यो व्यवस्थाले सकारात्मक नतिजा आउने छ ।’
गत जेठ १६ गतेबाटै नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको शर्माले जानकारी दिए । यो सँगै व्यक्तिगत प्रयोजनका नाममा अनौपचारिक च्यानलबाट ल्याएर बजारमा बिक्री गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने विश्वास अर्थ मन्त्रालयको छ ।
खास गरी विदेश भ्रमण वा रोजगारीबाट फर्कनेहरुले घरासयी प्रयोजनका लागि ल्याउन पाउने सुविधा प्रयोग गरी ल्याइएका सुन–चाँदीका गहना, मोबाइल, ल्यापटप, टिभी, क्यामेरा, घडी, मदिरा र कपडाजस्ता सामान बजारमा बेच्ने प्रचलन थियो ।
अब त्यसरी सामान ल्याएर बिक्री गर्ने व्यक्ति र व्यवसायीमाथिसमेत कारबाही हुनेछ । यस्तै अनलाइन बिलिङ प्रणालीमार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क संकलनसमेत नयाँ व्यवस्थाले सहज हुनेछ ।
विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...
विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...
विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...
पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...
विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...
काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...
विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...
विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...