वि.स. २०७४ सालबाट होटल म्यानेजमेन्टको पठनपाठन शुरु गरेको सेन्टजोसेफ कलेज विद्यार्थीहरूको गन्तव्य बन्दै आएको छ । छोटो समयमा निरन्तर अगाडी बढिरहेको सेन्टजोसेफबाट पढाई सकेर गएका विद्यार्थीहरूले नेपालकै उत्कृष्ट शैक्षिक संस्थाहरूमा नाम निकाल्न सफल भएका छन् । अहिले उज्वल भविष्यकालागि ढुक्कभई सेन्टजोसेफमा १२० जना विद्यार्थीहरू होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका छन् ।
विगत देखि वर्तमान सम्म : सेन्टजोसेफ
सेन्टजोसेफले २०७४ सालबाट होटल म्यानेजमेन्टको पठनपाठन शुरुवात गरेको थियो । पहिलो वर्ष ६ जना विद्यार्थीहरू भर्ना भएका थिए । गुणस्तरिय शिक्षा र होटल म्यानेजमेन्ट सम्बन्धी सम्पुर्ण प्रयोगात्मक सिकाई आफ्नै भवनमा भएका कारण अर्को वर्ष १ सय भन्दाबढी विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो ।
दक्ष तथा अनुभवी शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सेन्टजोसफले विराटनगर–२ स्थित आफ्नै जग्गामा भएको पाँचतले भवनमा होटल म्यानेजमेन्टको पठनपाठन संचालन गरिरहेको छ । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न हरेक बर्ष फुड फेस्टिवलको आयोजना गरेर उक्त कार्यक्रममा बाहिरका ख्यातिप्राप्त होटलका मास्टरसेफ ल्याएर विद्यार्थीहरूसँग प्र्रत्यक्ष विषयगत जानकारी समेन गराँउदै आइरहेको छ ।
पढाइसँगै शारिरीक ब्यायम र विद्यार्थीहरूलाई स्फुर्त राख्नका लागि कलेजले आफ्नै भवनमा फुटवल, भलिवल, ब्यागमिन्टन, स्नुकर जस्ता खेलको राम्रो व्यवस्था गरेको छ । कलेजमा अत्याधुनिक तथा सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा रहेको छ । सेन्टजोसेफमा हाल होटल म्यानेजमेन्ट बाहेक साइन्स र कमर्सको पढाइ भईरहेको छ ।
नतिजामा सेन्टजोसेफ
६ जना विद्यार्थीबाट होटल म्यानेजमेन्ट पढाई सुरु गरेको सेन्टजोसेफमा एक वर्षको अवधिमा एक सय भन्दा बढी विद्यार्थी भर्ना भएका थिए । शतप्रतिशत नतिजा ल्याउन सफल सेन्टजोसेफ २०७६ सालमा होटल म्यानेजमेन्ट तर्फ प्रदेश प्रथम भएको थियो । निरन्तर प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आएको सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीले नेपालका ख्यातिप्राप्त होटल, रेष्टुरेन्टहरूमा काम गरिरहेका छन् । विद्यार्थीको क्षमताअभिबृद्धि गर्न कलेजले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । उत्कृष्ट रिजल्ट सँगसँगै कलेजले प्रयोगात्मक सिकाइमा विशेष जोड दिईरहेको छ ।
पुर्व विद्यार्थीको नजरमा सेन्टजोसेफ
विराज कोइराला
सेन्टजोसेफ कलेज एउटा परिवार हो । २०७६ सालमा होटल म्यानेजमेन्ट तर्फ प्रदेश प्रथम भएको थिए । यो कलेजको वाताबरणका कारण नै सम्भव भएको थियो । होटल म्यानेजमेन्टको बेश नै सेन्टजोसेफ हो । यहाँ हामीले सोचेको भन्दा प्रभावकारी पठनपाठन हुन्छ । कलेजले अतिरिक्त क्रियाकलापका साथै शैक्षिक भ्रमण र प्रयोगात्मक सिकाइमा विशेष जोड दिन्छ । अनुभवि शिक्षकले पठनपाठन गर्ने भएका कारण होटल म्यानेजमेन्टमा सेन्टजोसेफ अब्बल छ । अहिले म कोठमाडौंको लिवर्टी कलेजमा अध्ययनरत छु ।
सिन्थिया गिरी
सेन्टजोसेफले प्रयोगात्मक सिकाइमा जोड दिन्छ । पारिवारीक वाताबरणमा पठनपाठन गर्ने सेन्टजोसेफ होटल म्यानेजमेन्टको गन्तव्यको रुपमा अब्बल छ । कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा छ । जसका कारण सेन्टजोसेफ रोजाईमा परेको हो । होटल म्यानेजमेन्टमा आवश्यक पर्ने सम्पुर्ण सामग्री कलेजमा उपलब्ध भएका कारणले विद्यार्थीलाई कुनै समस्या हुँदैन ।
सेन्टजोसेफ नै किन ?
रोहित जंग थपलिया (डाइरेक्टर)
सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूले देशका ठुला रेष्टुरेन्ट र होटलहरूमा काम गरिरहेका छन् । कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाईमा जोड दिईरहेका छौँ । होटल म्यानेजमेन्टका लागि चाहिने सम्पुर्ण सामग्रीहरू हामीसँग छन् । किताबी ज्ञानले मात्र पुर्ण सिकाई नहुने भएकाले प्रयोगात्मक रुपमा चाहिने सबै सामग्री हामीले विद्यार्थीलाई उपलब्ध गराएका छौँ । आगामी दिनमा पनि आवशयक परेको सामग्री थप गर्दै लानेछौँ ।
मनोज राजवंशी (होटल म्यानेजमेन्टका विभागिय प्रमुख)
हाम्रो कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, पुस्तकालय, छात्रबास साथै खेलकुदको व्यवस्था छ । होटल म्यानेजन्टका लागि सुबिधासम्पन्न प्रयोगशालाको समेत व्यवस्था गरिएको छ । स्नातकमा मात्र पढाई हुने बेकरी सम्बन्धि पढाई यहाँ प्लस टुमा नै पढाईन्छ । डेढ विगाहा जमिनमा आफ्नै सुविधा सम्पन्न भवन छ । ४ वर्षको अवधिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौँ र विद्यार्थीहरूलाई योग्य बनाएका छौँ । यहाँ होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरू आफ्नो जिवन निर्वाह गर्न सक्ने योग्य बनेका छन् । विद्यार्थीहरूलाई सुपर फोट्टी कक्षा नियमित प्रयोगात्मक रुपमा गराउँदै आएका छौँ ।
Post Views: 97