बाल मनोविज्ञान र अभिभावकको कर्तव्य

बाल मनोविज्ञान र अभिभावकको कर्तव्य

 राष्ट्रिय डेली

कविता कार्की

हिजो सम्म बालबालिका भएर बाँच्न निकै सजिलो हुन्छ, केही चिजको बोझ नहुने एक्दम स्वतन्त्र रमाइलोपन मात्रै हुने जस्तो लाग्थ्यो । तर आज यी सबै सोचार्इहरु गलत प्रमाणित भएका छ्न् । साच्चै भन्ने हो भने, बालबालिका जति सजिला देखिन्छन् हेर्दा र बुझ्न खोज्ने हो भने उनीहरुभन्दा जटिल कोहि हुँदैन । हामीले सुन्न नरुचाएका उनीहरुका हजारौं गुनासाहरु यदि कुनैदिन समय मिलाएर सुनिदिने हो भने पनि हामीले उनीहरुका थुप्रै सानाठुला समस्याहरुको समाधान सजिलै गरिदिन सक्छौ।

अभिभावकले छोराछोरीलाई जस्तो व्यवहार गर्छन, छोराछोरीले पनि अरुलाई गर्ने व्यवहार केही हदसम्म त्यस्तै हुन्छ।
छोराछोरीलाई कस्तो व्यवहार गर्ने, कसरी सिकाउने, कसरी सिकाउँदा उनीहरुले छिटो सिक्छन्, असल बन्छन् भन्नेतर्फ पर्याप्त ध्यान दिँदैनौ त्यसैले यो हाम्रो बहसको विषयपनि कहिलै बन्दैन । सामान्यतया केही परिवारहरुमा खान लाउन र जिविका चलाउनै मुस्किल हुन्छ त्यस्ता अभिभावकहरु आफ्नै समस्यासँङ्ग जुधिरहेका हुन्छन् , फलस्वरूप आफ्ना बालवालिकाको मनोवृत्ति बुझ्ने उनिहरुसँङ्ग समय र साक्षरता दुवैको अभाव भईरहेको हुन्छ । तर केही अभिभावकहरु आर्थिकरुपले पनि सबल नै हुन्छन् , ज्ञानको पनि धेरथोर अनुभुती भएकै हुन्छ । त्यस्ता अधिकाँस मोड्रेन अभिभावकहरुनै फेरि पुवर प्यारेन्टिङ्ग भित्र परिरहेका हुन्छन् ।

 

आज बालबालिकाहरुले जे सिक्छन् , भोलिको दिनमा समाजलाई त्यही फिर्ता दिनेछन् ।त्यसैले हाम्रा बालबालिकाहरु समाजप्रतिको लगानी हुन् । समस्या बालबालिकामा हैन हामी अभिभावक , शिक्षक शिक्षिका , समाज र बालबालिकाप्रती हेर्ने हाम्रो उहीँ पुरातनवादी दृस्टिकोण छ ।

हरेक अभिभावकले आफ्ना सन्तानको उन्नतिका लागि रातदिन मेहनत गरीरहेका हुन्छन् । अनि जुन सन्तानका लागि सङ्घर्ष गरिन्छ त्यही सन्तानलाई भविष्यको लागि तयार बनाउन पनि अभिभावकनै स्वयं जिम्मेवार हुन्छन् ।त्यसैले अब सोच्ने पालो आएको छ।
भारतका चर्चित लेखक शिव खेडा भन्छन् , सानो छ्दाँ आफ्ना बालबालिकाले माग गरेका हरेक कुरा पूरा गरिदिने हो भने उसले बुझ्न थाल्छ कि उसलाई अरुले नै पाल्नुपर्छ र उसले चाहेका प्रत्येक कुरा थालमा खाना पस्किए जसरी सजिलै पाउन सकिन्छ ।
यसरी सानैदेखि हामी हाम्रो माया र स्नेहको गलत प्रचार गर्दै स्वयं घरमै आफ्ना बालबालिकालाई उद्दण्ड हुने तालीम दिदैछौँ भन्न सकिन्छ।

 

पहिलो गल्ती, हामी बालबालिकालाई रुवा जती हलुँङ्गो ठान्छौ र उनिहरुका कुराहरुलाई वास्तै गर्दौनौ ।
प्रायः हामी उनिहरुका कुराकानी सुन्न त्यति रुचाउँदैनौ । आफ्नै समस्याहरु हुन्छन् त्यसैले उनीहरुका कुरामा त्यति ध्यान नै दिँदैनौ । कुनैबेला एकैछिन ध्यान दिएजस्तो गरेपनि त्यति मत्लब गर्दैनौ । किनकी उनीहरु बालबालिका न परे । अबुझ बालबालिकाका कुराहरु किन सुन्ने ? सुने पनि किन मगजमा राखिरहने ? अझै पनि हामी मध्ये धेरैले सोच्छौ उनीहरु ठूला कुरा बुझ्दैनन् । बुझ्ने गरि बुझाउननै खोज्दैनौ ।

 

बरु हामी ठुलाहरु नै सोच्छौ कि उनीहरुलाई महत्व दिईरहनु पर्दैन। उनीहरुका कुरालाई सिरियस लिदैनौ , लिइरहन जरुरि नै ठान्दैनौ । तर वास्तवमा भन्ने हो भने प्रत्येक बालक आफैमा एक पुर्ण मानिस हुन् । उनीहरुमा पनि ठूलो मानिसमा जस्तो रिस, राग, डाह, इश्र्या, माया, ममता सबै छ । भावना पनि उत्तिकै हुन्छन् । खाली दर्शाउने तरिका फरक हुन सक्छ । ठुला मान्छेले आफ्ना भावनाहरुमाथी नियन्त्रण गर्न जानेका हुन्छन् , कहाँ कसरी आफ्ना असन्तुष्टिहरु खोतल्ने भन्ने कला बुझेका हुन्छन् ,तर बालबालिकामा त्यसो पाइँदैन , उसो त उनिहरु आफ्ना मनका भाव निष्फिक्री पोखिदिन्छ्न। त्यसैले पनि बालबालिकाहरु केही हदसम्म रहस्यमय हुन्छन् भन्न मिल्छ होला।

हामी मध्ये धेरैले बालबालिकालाई व्यवहार गर्न जानेकै हुँदैनौं । बालबालिकालाई कस्तो व्यवहार गर्ने भनेर अभिभावकलाई शिक्षा दिइएकै छैन । यो शताब्दीमा आएर पनि हाम्रो शिक्षित समाजले दमनात्मक अनुशासनको अभ्यास गरिरहेको छ । दमनात्मक अनुशासनले हामीलाई नियम पालना नगरे दण्ड दिईन्छ, अनि यस्तो अनुशासनमा हुर्केका बालबालिका ठुलाको अगाडि मात्रै अनुशासित हुन्छन् । ठुलाको पछाडि कुनै नियम नमान्ने हुन्छन् । हो हामी यहाँ पनि चुकेका छौँ , हामिले बालबालिकालाई प्रजातान्त्रिक अनुशासनको अभ्यास गराउन जरुरी हुन्छ , प्रजातान्त्रिक अनुशासनले हामीलाई के ठिक के बेठिक भनेर छुट्याउने मौका दिन्छ।

 

तिमिले जे गर्यो के त्यो गर्नु ठिक थियो रु भन्दै उनिहरुलाई आफुले गरेका व्यवहारप्रति सोच्न बाध्य बनाउनुनै एक सबल पक्ष हो।
यस्तो अनुशासनमा हुर्केका बालबालिकाहरु अरुका कुरा सुन्ने सहि गलत पहिचान गर्ने र अरुको अधिकार पनि स्विकार गर्ने खालका हुन्छन् । भनिन्छ, यदि घरपरिवारमा अनुशासन पालन गरिने हो भने किशोरावस्थाका आपराधिक त्रियाकलाप ९५५ कम गर्न सकिन्छ। यस अर्थमा पनि बालबालिकालाई सहि निर्देशनका साथ हुर्काउन सकियो भने समग्रमा बलियो राष्ट्र निर्माणमा पनि ठुलै टेवा पुग्ने छ।

यस्तै थुप्रै थुप्रै उदाहरणहरु छ्न् । त्यसैले अहिलेको आवस्यकतालाई न्याय गर्न अभिभावक शिक्षाका लागि गाइड बुक बनेको छ ‘स्कुल बेच्ने बालक।’ दामोदर न्यौपानेद्वारा रचित यस आख्यानमा थुप्रै उपायसहितको सम्वाद राखिएको छ।

न्यौपानेको पुस्तक एउटा बालकको मनोविज्ञानमा केन्द्रीत छ । केन्द्रमा ‘हार्दिक’ नाम गरेको ४ बर्षको बालक रहे पनि सेरोफेरोमा सिंगो समाज छ । बदलिँदै गरेको बालबालिकालाई हेर्ने दृष्टिकोण, उनीहरुको शिक्षण शैली, आवश्यकता र अभिभावकले आफ्ना साना छोराछोरीलाई गर्ने व्यवहारका बारेमा केन्द्रीत छ पुस्तक।

उनले आफ्नो अध्ययन छोरामाथी गरेका थिए । हर समय संगै हुने भएकाले उनीहरुको बिचार बुझ्न आफ्नै घरका बालबालिका सहयोगी बन्न सक्छन् । पुस्तक फिक्सन नभई यर्थाथ हो । बच्चाहरु कहिलेकाहिँ स्कूल नजान बाहना बनाउँछन् । सञ्चो नभएको, ज्वरो आएको, अनेक अनेक । पुस्तकका नायक मानिएका हार्दिक पनि यस्तै छ्न् ।

 

एकै किसिमका आइडियाले मात्रै काम नगर्ने बुझेपछि एक दिन हार्दिकले मनमनै योजना बनाउछन् , बरु यो स्कूल नै बेच्दिन पाए स्कूल नै जान पर्ने थिएन। स्कूल जानु भन्दा त स्कूल बेच्न मन लागेको कुरा सान्दर्भिक नै छैन् । स्कुलप्रति बालबालिकाको बितृष्णा पलाउनु सिङ्गो समाजकै हार हो।

बालबालिका बेलाबखत झगडा गर्छन् , रिसाउँछन् , कराउँछन्, कहिलेकाँही डाहा पनि गर्छन् । त्यो एउटा पाटो भयो । फेरी मायालु, ज्ञानी, बुझकी पनि उत्तिकै बन्छन् । सम्झइ बुझाई काम लगाउँदा खुरुक्क मान्ने तर उनिहरुका कुरा नसुने, नबुझे लामो समय झगडा गर्छन् । आखिर बालबालिकाले हामीबाट पनि त केही अपेक्षा राखेका हुन्छन् नि १

पुस्तकमा बालबालिकाले ठूलालाई कस्तो व्यवहार गर्ने रु उनीहरुले ठूलाबाट खोज्ने व्यवहार कस्तो हुन्छ रु त्यो पनि छर्लङ देखाइएको छ यसमा।

पुस्तक पढ्दा अल्छि लाग्दैन । बालबालिकासङ्ग सम्बन्धित सबै कुरा रोमाञ्चक नै हुन्छन् । पुस्तक पढेपछि मैले स्यंम अनुभव गरेकि छु कि कुनै पनि बालक अपराधी भएर जन्मिएको हुँदैन । बाहिरी तत्वहरुका प्रभावले उनिहरुको भविष्य निश्चिति हुन्छ केही हदसम्म । यस अर्थले पनि बालमैत्री स्थानीय शासन र बालमैत्री व्यवहारको सबैभन्दा ठुलो खाँचो रहेको छ।

कुनै बेला बालबालिकासँङ्ग हुने स–साना लाग्ने संवादलाई मनोविज्ञानसँग लगेर विश्लेषण गरेर बुझ्न खोज्ने हो भने यसले धेरै कुरा सिकाउँछ । यसो गर्दा साना लाग्ने विषय पनि मनोविज्ञानमा जोड्दा गहन बनेका छन् । बालबालिकाका कुनै पनि कुरा सामान्य हुँदैनन् भनेर पुष्टि गरिएको छ। उनिहरुलाई बुझ्न सक्नु , उनिहरुका कुराहरु सुनिदिनु , सहि गलत छुट्याउन सक्ने जिम्मेवारी बोध गरईदिनु हामी ठुलाहरुको पनि कर्तव्य हो ।

केही दशक अगाडी छोराछोरीलाई बुवा आमाले गर्ने व्यवहार र अहिले गर्ने व्यवहार हुर्काउने तरिकामा फरकपन आएको छ । थोरै भए पनि सन्तानका कुरा सुन्न थालिएको छ अचेल । तर सन्तोषजनक अवस्था छैन । सुख सुविधा दिएर मात्रै आफ्ना बालबालिकाहरुलाई भविष्यको लागि योग्य बनाउन सकिँदैन ।

मैले आफै पनि धेरै बालबालिका सँङ्ग घुलमिल हुने अवसर पाएकि छु । यस अन्तरालमा अलि अलि अभिभावकका कुराहरु पनि सुन्ने मौका पाएकी छु । मलाई सारै अचम्म लागेको कुरा , अधिकांस अभिभावकहरु आफै अहंकार र घमण्डमा चुर्लुमै डुबेर हिँडिरहेका हुन्छन् र पछी आफ्ना बालबालिकाहरु बिग्रीए भन्दै गुनासो पनि पोखिरहेका हुन्छन् । हामी सबैले ख्याल गर्नु पर्ने कुरा के हो भने , ूआफ्ना बालबालिकाका लागि हामी स्वयंम उदाहरण बन्न सक्नु पर्छ ू यदि यसो गर्न हामी सक्दैनौ भने आफ्नो बालबालिका असल हुन् भन्ने कल्पना समेत गर्नु मुर्खता हो।

सन्तानको उपस्थिति पछि हामी अभिभावक पक्कै बन्छौ तर असल अभिभावक बन्न बालबालिकाप्रतिको हाम्रो व्यवहार नै हो । न्यौपानेको यो पुस्तकले असल अभिभावकको भुमिका बोध गराइदिन्छ।

हामी छोराछोरी वा भाईबहिनीले आफुले भनेको मानिदिउन, ज्ञानी बनुन्, आज्ञाकारी बनुन् भन्ने सोच राख्छौ तर त्यसका लागि वातावरण तयार गरिदिदैनौ । कसरी सिकाउने, कसरी सिकाउँदा उनीहरु छिटो सिक्छन्, असल बन्छन् भन्नेतर्फ पर्याप्त ध्यान दिँदैनौ । कसरी ध्यान दिने, उनीहरुलाई कसरी सिकाउने रु हो, यी सबै बिषय न्यौपानेको पुस्तकले सिकाउँछ।

साहित्यमा रुची राख्ने आम पाठकको लागि त्यतिकै रोचक छ पुस्तक । त्यो भन्दा बढीचाहिं पुस्तक अभिभावकले पढ्नु पर्छ । शिक्षकले पढ्नु पर्छ । बालबालिकामा सरोकार राख्ने सबैले पढ्नु पर्छ।

चङ्गा के कारणले माथी जान्छ सोच्नुहोस् त ?
चङ्गा आफ्नै धागोको साहाराले माथी माथी सम्म जान सफल हुन्छ । अनुशासित अभिभावकको हकमा पनि यहि नियम लागू हुन्छ। धागोले न त चङ्गालाई तल झार्छ न त खराब नै गर्छ , बरु धागोले चङ्गालाई माथी लैजान पो सहयोग गरिरहेको हुन्छ । त्यसैले हामी पनि आफ्ना बालबालिकाहरुका लागि त्यही धागो बनिदिन जरुरी हुन्छ।
समय हुँदै आफ्ना बालबालिकालाई चिन्नुहोस् , कोशिस गर्नुहोस् उनिहरुलाई बुझ्ने । असल व्यक्ति निर्माण गर्न सक्ने साहस अब यो समाजले जुटाउनै पर्छ । घर शान्ति नै विश्व शान्तिको मुल आधार हो, त्यसैले सुरुवात घरबाटै हुन्छ।

बालबालिकाले चाहे अनुसारको ब्यवहार गर्नु नै बालमैत्री हुनु हो । धेरैले बुझ्नु भएको छ बालमनोवैज्ञानिक व्यवहार गर्नूृ पर्छ भनेर वहस चल्न थालिसकेको छ । यदि आज हामिले आफ्ना बालबालिकालाई सुपात्र बनाउन सफल भयौ भने , त्यसको लाभ भोलिको दिनमा समग्र राष्ट्रलाई नै हुने कुरा पक्का छ । सुपात्र बनाउने पहिलो उपाय भनेकै विनयशील बनाउनु हो ।

संस्कृतमा एउटा भनाई नै छ , विद्या ददाती विनयम् ।।
अर्थात विद्याबाट नम्रता प्राप्त हुन्छ, नम्रताबाट योग्यता प्राप्त हुन्छ, योग्यताबाट धन प्राप्त हुन्छ, धनबाट धर्म प्राप्त हुन्छ र धर्मबाट सुख प्राप्त हुन्छ ।

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...