विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ ।
अभियान अन्र्तगत वडा नम्बर ८ ले सोमबार खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको हो ।
डेंगु रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका सेयर सदस्यहरू मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ ।
डेंगी रोगको सम्भावित महामारीको तयारी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट अभियान अन्र्तगत टोल संगठनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, वडाका सरोकारवाला व्यक्तिहरू, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरूका लागि सोमबार एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाका स्वास्थ्यकर्मीहरूले डेंगु रोग र यसका रोकथामका उपायहरूबारे सचेतना दिएका थिए ।
विराटनगर–८ का विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल संगठनहरूसँग समन्वय गरी टोल–टोलमा डेंगु खोज तथा नष्ट अभियान सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
उनका अनुसार विराटनगर–८ मा हालसम्म डेंगु रोगबाट कुनैपनि व्यक्ति संक्रमित भएका छैनन् ।
Post Views: 43