कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

 राष्ट्रिय डेली

विराटनगर । ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ ।

प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय छन् । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका छन् । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फत ड्रागन फलको खेती गरिरहेका छन् ।

खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उनले बताए । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिए ।

बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उनले बताए । उनले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गरेका थिए । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उनको भनाइ छ ।

कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लाग्नुभएका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताए । तत्कालीन समयमा ठूलो जोखिम लिएर एक करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेका बताए।

उनको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिन्छन् । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाएका छन् । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उनको भनाइ छ ।

एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उनले बताए । सुरु थोकमा प्रतिकेज तीन सय ५० मा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी तीन सयका दरले बिक्री भइरहेको उनको भनाइ छ । राईले भन्, “ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ”, उनले भने ।

मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ ।

adv-single
सम्बन्धित समाचार

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...

रवि लामिछानेलाई अदालत पुर्याईयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...

‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...

रविलाई समात्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...