विराटनगर । वि.स. २०५४ सालबाट विज्ञान र म्यानेजमेन्टको पठन पाठन शुरु गरी २०७१ सालबाट होटल म्यानेजमेन्टको पठन पाठन शुरु गरेको सेन्टजोसेफ कलेज छोटो समयमा विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ । छोटो समयमा निरन्तर अगाडी बढिरहेको सेन्टजोसेफबाट पढाई सकेर गएका विद्यार्थीहरूले नेपालकै उत्कृष्ट शैक्षिक संस्थाहरूमा छात्रबृतीमा नाम निकाल्न समेत सफल भईसकेका छन् । अहिले उज्वल भविष्यका लागि ढुक्कभई सेन्टजोसेफमा ५०० भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।
हालसम्म आइपुग्दा सेन्टजोसेफ
सेन्टजोसेफले २०५४ सालबाट कक्षा ११ र कक्षा १२ शुरु गरी २०७१ सालबाट होटल म्यानेजमेन्टको पठनपाठन शुरु गरेको हो । यसरी हेर्दा सेन्टजोसेफले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको प्रष्ट हुन्छ । पहिलो वर्ष ६ जना विद्यार्थीबाट होटल म्यानेजमेन्टको पढाइ शुरु गरेको सेन्टजोसेफमा अहिले विद्यार्थीहरूको चाप हुने गरेको छ । गुणस्तरिय शिक्षा र होटल म्यानेजमेन्ट सम्बन्धी सम्पुर्ण प्रयोगात्मक सिकाई आफ्नै भवनमा भएका कारण विद्यार्थीहरू आकर्षित हुने गरेका छन् ।
पहिलो ६ जना विद्यार्थी भर्ना भएपनि दोस्रो बर्ष नै १ सय भन्दाबढी विद्यार्थीहरू भर्ना भएका थिए । दक्ष तथा अनुभवी शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सेन्टजोसफले विराटनगर–२ स्थित आफ्नै जग्गामा भएको पाँचतले भवनमा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर विज्ञानको पठनपाठन संचालन गरिरहेको छ । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न हरेक बर्ष फुड फेस्टिवल, विभिन्न होटल तथा उद्योगिक भ्रमण गराउँदै आईरहेको छ ।
पढाइसँगै शारिरीक ब्यायम र विद्यार्थीहरूलाई स्फुर्त राख्नका लागि कलेजले आफ्नै भवनमा फुटवल, भलिवल, ब्यागमिन्टन, स्नुकर जस्ता खेलको राम्रो व्यवस्था गरेको छ । कलेजमा अत्याधुनिक तथा सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा रहेको छ ।
नतिजामा सेन्टजोसेफ
शतप्रतिशत नतिजा ल्याउन सफल सेन्ट जोसेफ २०७६ र ७८ सालमा होटल म्यानेजमेन्ट तर्फ कोशी प्रदेश प्रथम भएको थियो । निरन्तर प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आएको सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीले नेपालका ख्यातिप्राप्त होटल, रेष्टुरेन्टहरूमा काम गरिरहेका छन् । त्यसैगरी अन्य विषयहरुमा समेत सेन्ट जोसेफले शत प्रतिशत नतिजा ल्याउँदै आईरहेको छ । विद्यार्थीको क्षमताअभिबृद्धि गर्न कलेजले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । उत्कृष्ट रिजल्ट सँगसँगै कलेजले प्रयोगात्मक सिकाइमा विशेष जोड दिईरहेको छ ।
के भन्छन् विद्यार्थी
आशिका कटवाल
सेन्टजोसेफले पाठ्यक्रक संगै प्रयोगात्मक सिकाइमा बिशेष जोड दिन्छ । सेन्टजोसेफमा पारिवारीक वाताबरणमा पठनपाठन गर्ने भएका कारण विद्यार्थीहरूको रोजाइमा पर्दै आइरहेको छ । होटल म्यानेजमेन्ट विषयका लागी ल्याव र हरेक बर्ष नेपाल भरीका विभिन्न तिन तारे र पाँचतारे होटलहरुको शैक्षिक भ्रमण समेत गराईन्छ । साथै दक्ष शिक्षकहरू हुनुहुन्छ । कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा छ । जसका कारण सेन्टजोसेफ रोजाईमा परेको हो ।
सम्झना बस्नेत
सेन्टजोसेफले प्रयोगात्मक सिकाइमा जोड दिन्छ । पारिवारीक वाताबरणमा पठनपाठन गर्ने सेन्टजोसेफ विज्ञान र म्यानेजमेन्टको गन्तव्यको रूपमा अब्बल छ । कलेजमा सुविधा सम्पन्न कक्षाकोठा, छात्रबास र यातायातको राम्रो सुविधा छ । जसका कारण सेन्टजोसेफ रोजाईमा परेको हो । विज्ञान र म्यानेजमेन्टमा आवश्यक पर्ने सम्पुर्ण सामग्री कलेजमा उपलब्ध भएका कारणले विद्यार्थीलाई कुनै समस्या हुँदैन । यसैले सेन्ट जोसेफ मेरो रोजाइमा परेको हो ।
सेन्टजोसेफ नै किन रोज्ने ?
रोहित जंग थपलिया: डाइरेक्टर
सेन्टजोसेफमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूले देशका ठुला रेष्टुरेन्ट र होटलहरूमा काम गरिरहेका छन् । कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाईमा जोड दिईरहेका छौँ ।पठन पाठनका लागि चाहिने सम्पुर्ण सामग्रीहरू हामीसँग छन् । किताबी ज्ञानले मात्र पुर्ण सिकाई नहुने भएकाले प्रयोगात्मक रुपमा चाहिने सबै सामग्री हामीले विद्यार्थीलाई उपलब्ध गराएका छौँ । आगामी दिनमा पनि आवश्यक परेको सामाग्री थप गर्दै लानेछौँ ।
सेन्टजोसेफ दक्ष , योग्य, र क्ष्मतावान विद्यार्थी उत्पादनमा लागि परेको छ । होटल म्यानेजन्टका लागि सुबिधासम्पन्न प्रयोगशालाको समेत व्यवस्था गरिएको छ । स्नातकमा मात्र पढाई हुने बेकरी सम्बन्धि पढाई यहाँ प्लस टुमा पढाईने गरेको छ । ४ वर्षको अवधिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौँ र विद्यार्थीहरूलाई योग्य बनाएका छौँ । यहाँ अध्ययन गरेका विद्यार्थीहरू आफ्नो जिवन निर्वाह गर्न सक्ने योग्य बनेका छन् । विद्यार्थीहरूलाई सुपर फोट्टी कक्षा नियमित प्रयोगात्मक रुपमा गराउँदै आएका छौँ । त्यसैले सेन्ट जोसेफ अरुको तुलनामा फरक छ ।
Post Views: 502