काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका मुकुल ढकालले रास्वपाको सभापति अर्थात उप प्रधान तथा गृहमन्त्रि रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेमाथि नै प्रश्न उठाएका छन् ।
जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई नै सोध्ने बताए । सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे
१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोज्दा पनि नमानेको ढकालले दाबी गरे ।
उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’
Post Views: 212