विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गरी नेपालकै उत्कृष्ट कलेजका रुपमा आफ्नो परिचय बनाउन सफल मेरिल्याण्ड कलेजमा कक्षा ११र १२ मा व्यावस्थापन विषयको मात्र अध्ययन अध्यापन हुँदै आईरहेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका भिसि प्रा।डा बिजुकुमार थपलियाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा खेलेको भूमिका पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको र अध्ययन गर्न आउने विद्यार्थीहरु भाग्यमानी रहेको बताएका थिए ।
कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा पि.के झा,डा. मनोज गुप्ता, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवाल लगायतले विद्यार्थीहरुलाई शुभकामना दिदै अभिमुखीकरण गराएका थिए ।
२०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था हो । ब्यबस्थापन संकाय मात्र पढाई हुने यस मेरिल्याण्डमा प्लसटु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा पढाइ हुने गरेको छ ।
मेरिल्याण्ड कलेजले हरेक बर्ष देशभरीमै उत्कृष्ट रिजल्ट ल्याउँदै आईरहेका कारण कलेजका हरेक विद्यार्थीहरु विश्व बजारसंग प्रतिष्पर्धा गर्न सक्षम रहँदै आएका छन् । कलेजले लिएको प्रवेश परिक्षामा उत्कृष्ट हुने दुई विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेजले विद्यार्थीहरुलाई नयाँ नयाँ कुराहरु सिकाउँदै आईरहेको बताएका छन् । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै नृत्य समेत प्रस्तुत गरेका थिए ।
Post Views: 213