विराटनगर । चालू आवको मौद्रिक निति सार्वजनिक पछि आइतबार सेयर बजार ११३.४२ अंकले बढेको छ । नेप्से परिसूचक २६८१ बिन्दुमा पुगेर कुल १५ अर्ब ८१ करोडको कारोबार भएको छ ।
आज सेयर बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो त्यसको २० मिनेटपछि खुलेको सेयर बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्री चाप बढपछि तेस्रो सर्किट ब्रेक भने लाग्न पाएन । यस दिन माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रका सूचक बढे । माइक्रोफाइनान्स भने १० अंक ०१८ प्रतिशत घट्यो ।
आइतबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २१२ रूपैयाँ ४० पैसामा ३६ करोड १० लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९।९९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५२ रूपैयाँमा ३४ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८।३ प्रतिशत मूल्य बढ्यो ।
बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १।२, होटल तथा पर्यटन ०।४६, हाइड्रोपावर ०।८३, लगानी ५।७५, जीवन बीमा ४।२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।
Post Views: 184