विराटनगर। अघिल्लो दिन २०.६३ अंक घटेको नेप्से मंगलबार ३५.५५ अंक बढेको बढेको छ । मंगलबार नेप्से २६९६ अंक पुगेर १७ अर्ब २६ करोड रुपैयाँको कारोबार बन्द भएको हो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रहेका छ ।
प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मुक्तिनाथ कृषि कम्पनी ९.८, सगरमाथा जलविद्युत् कम्पनीको ९.४ प्रतिशत मूल्य बढ्यो ।
एसियन हाइड्रोपावरको १०, गणपति लघुवित्तको ६।१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे । बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।
Post Views: 126