सम्मानका लागि स्रष्टा छनौटमा समेत व्यापक राजनीतिकरण

सम्मानका लागि स्रष्टा छनौटमा समेत व्यापक राजनीतिकरण

 राष्ट्रिय डेली

विराटनगर, २४ साउन । सामाजिक विकासमन्त्री उषाकला राई र छनौट समितिमा आबद्ध व्यक्तिहरूको स्वार्थका कारण प्रदेश–१ को स्रष्टा सम्मान कार्यक्रम अन्यौलमा परेको छ ।

आफू निकटका स्रष्टालाई सम्मानमा समावेश गराउन मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री र छनौट समितिका सदस्यहरू लागि पर्दा छनौटमा समस्या भएको बताइएको छ ।

साहित्यकार खेम नेपालीको संयोजकत्वमा मन्त्रालयले छनौट समिति गठन गरेको थियो । ‘छनौट समितिले आफू नजिकका स्रष्टाको नाम ल्याउने र मन्त्रीज्यूले पनि आफ्ना मान्छे पार्न खोज्दा यसपटक निकै समस्या भयो’, मन्त्रालयका एक कर्मचारीले भने, ‘स्रष्टा भनेका प्रदेशका गहना हुन् उनीहरूको सम्मानमा पनि यति धेरै राजनीति हुनु दुर्भाग्य हो ।’

ज्येष्ठता र योगदानका आधारमा भनसुन र सोर्स

ती कर्मचारीकै शब्दमा बैठकैपिच्छे स्रष्टाको नाम परिवर्तन हुने गरेको छ । एउटै स्रष्टाको नाम चार पटकसम्म काटिएको उनको भनाइ छ । समितिका एक सदस्यका अनुसार मुख्यमन्त्री राईले पनि आफ्ना केही मान्छेलाई मन्त्रीमार्फत सम्मानको सूचीमा समावेश गरेको बताइएको छ । छनौट समितिले सम्मान हुने स्रष्टाको नामावली दिंदा मन्त्री राईले मुख्यमन्त्रीलाई देखाउनुपर्छ भन्दै पन्छिएको ती सदस्यले सुनाए । उनका अनुसार यसअघिका मन्त्री जीवन घिमिरेले छनौट समितिले ल्याएका नामलाई नै सदर गर्ने गरेका थिए ।

मन्त्रालयले असार १३ गते सूचना प्रकाशित गर्दै सम्मान लिन चाहने स्रष्टाहरूको व्यक्तिगत वितरण माग गरेको थियो । असार २३ गतेभित्र प्राप्त व्यक्तिगत विवरणका आधारमा सम्मान गर्ने भनिएको थियो । तर, राजनीतिक दबाबका कारण व्यक्तिगत विवरण नबुझाएका स्रष्टाहरूलाई समेत अन्तिम समयमा आएर समावेश गरिएको छनौट समितिका अर्का सदस्यले बताए । ‘यतिसम्म राजनीति भयो कि यो सम्मान लिनुभन्दा नलिनु नै उत्तम देखें मैले’, ती सदस्य भन्छन्, ‘स्रष्टाको योगदानभन्दा पनि राजनीतिकमा सक्रियताका आधारमा नाम समावेश हुने अवस्था आएको छ । अझ केही व्यक्तिको त मुख्यमन्त्री र मन्त्रीसँगको राम्रो सम्बन्धका कारण नाम समावेश हुने पक्का भएको छ ।’

त्यसो त मन्त्रीको सचिवालयका केही व्यक्तिले छनौट समितिमाथि नै प्रश्न उठाएका थिए । छनौटमा निष्पक्षता नभएपछि मन्त्रीले हस्तक्षेप गर्नुपरेको सचिवालयका ती सदस्यले बताएका थिए । ‘चिया खाएकै ठाउँबाट समितिमा आबद्ध व्यक्तिले फोन गरेर कतिपय स्रष्टालाई तिम्रो नाम पारिदिएको छु भन्दै जस लिने गरेको पनि पाइयो’, मन्त्रीका ती सहयोगीले भने, ‘त्यही भएर मन्त्रीले हस्तक्षेप गर्नु परेको हो ।’

निकै रस्साकस्सीका बीच सम्मानित स्रष्टाहरूको नाम टुंगो लागेको ती कर्मचारीले बताए । प्रदेशमा जन्मिएका तर लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका स्रष्टालाई समेत दबाबमा सम्मानको सूचीमा पारिएको ती कर्मचारी बताउँछन् । ‘यो पटकको सम्मान उद्देश्यभन्दा बाहिर गएको जस्तो लागिरहेको छ’, उनले थपे, ‘प्रदेशमै बसेर आफ्नो क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्नुपथ्र्यो तर काठमाडौंमा बस्नेलाई पनि सम्मान गर्न लागिएको छ । त्यसो भए त प्रदेश–१ मा जन्मिएका र अहिले अमेरिकामा बस्ने स्रष्टालाई सम्मान गर्दा भइगयो नि ।’

स्रष्टाको पार्टी निकटका व्यक्तिलाई सम्मान गर्दा गत वर्ष पनि स्रष्टाहरूले असन्तुष्टि जनाएका थिए । यस वर्ष योगदान, सक्रियता र वरिष्ठतालाई लत्याउँदै राजनैतिक भनसुन, सोर्सफोर्सका आधारमा साहित्य–कला र संस्कृतिमा चर्चामै नरहेका कनिष्ठ व्यक्तिलाई सम्मान गर्न लागिएको ती सदस्यले बताए । अघिल्लो वर्षभन्दा यसपटक दुई सय गुणा बढी राजनीतिककरण भएको समितिकै सदस्य बताउँछन् । ‘लगभग नाम टुंगो लागिसकेको छ’, उनले भने, ‘तर जति नाम आएका छन् केहीबाहेक सन्तुष्ट हुने ठाउँ छैन ।’

स्रष्टाको सही मूल्यांकन भएन भने मन्त्री र छनौट समितिविरुद्ध आमरण अनसनमा बस्ने सत्तारुढ दल निकटकै स्रष्टाले चेतावनी दिए । साहित्य र कलाकारितामा लामो समयदेखि योगदान पुर्याउँदै आएका ती स्रष्टाले भने, ‘समाजका विकृति र विसंगतिविरुद्ध लेख्ने स्रष्टा समिति र मन्त्रीले जे–जे गर्छन् चुप लागेर हेरेर बस्नुहुँदैन ।’ मुलुकमा गणतन्त्र स्थापनामा राजनैतिक दलभन्दा स्रष्टाको योगदान कम नभएको ती स्रष्टा बनाउँछन् ।

प्रदेश सरकारले हरेक वर्ष १ जना स्रष्टालाई १ लाख र अन्य एक दर्जन स्रष्टालाई ५० हजार राशिले पुरस्कृत गर्दै आएको छ । यसपटकदेखि ५ जनालाई नवोदित स्रष्टा भनेर समेत सम्मान गर्ने तयारी छ । सम्मान गर्ने १८ स्रष्टाको नाम गत शुक्रबार टुंगो लगाए पनि विवादका कारण सार्वजनिक गर्न नसकेको ती सदस्यले बताए ।

 

adv-single
सम्बन्धित समाचार

२१ महिनापछि सरकारको नेतृत्व देउवालाई दिन्छु : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्। दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई...

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...