अनुदानको मल बढी मूल्यमा बिक्री

अनुदानको मल बढी मूल्यमा बिक्री

 राष्ट्रिय डेली

 

कास्की । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ ।

अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो रु १० देखि १५ सम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरका उपप्रमुञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरिया सहितको टोलि अनुगमनमा गएको थियो ।

अनुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले रु २१ को युरिया रु ३५ र रु ५० को डिएपी रु ६५ मा बिक्री गरेको पाइएको महाशाखा प्रमुख कडरियाले जानकारी दिएका छन् । मल बिक्री वितरण गर्ने अनुमतिसमेत नपाएको सो पसलले उपभोक्ता सहकारी सङ्घबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको भेटिएको थियो ।

स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रमा किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरिएकाले थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बोलाइएको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म, डिएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकेको थियो ।

adv-single
सम्बन्धित समाचार

‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...

टिभिएसको एक्स्चेन्ज मेला असोज ९ देखि १२ सम्म

  विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...

कोशी प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...

एमबीइ कार्यक्रम तथा एआईबी साउथ एसिया कन्फ्रेन्स सम्बन्धि अन्तरक्रिया सम्पन्न

विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...

विद्यार्थी परिषदद्वारा संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसमा शैक्षिक सामग्री वितरण

संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...

नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले मनायो विश्व फार्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...