डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन

 राष्ट्रिय डेली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ ।
लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले  ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ ।
कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए, “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।”
अहिले नियमित रुपमा पानी परिरहेको छ ।  आकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ पौडेलले बताए ।
“लार्भिसाइड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन । यो विषादी होइन । उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ”, प्रमुख पौडेलले बताए।
औषधिले डेङ्गीसहित, औलो ,मलेरिया, चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ । १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो ।
कामपाले  वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार बिहान ८ देखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ । सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी बीचमा डेङ्गी रोगसम्बन्धी चित्रकला प्रदर्शन गरी अभिभावकसम्म सङ्क्रमणबारे चेतना पु¥याउने कामपा पनि गरिरहेको छ ।
यस रोगबारे  परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ । उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ ।
प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजललगायत औषधिको व्यवस्था मिलाइएको छ ।

adv-single
सम्बन्धित समाचार

आदिकविको २११औँ जन्मजयन्ती मनाइयो

  काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ ।...

नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेश

  काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि...

मोरङमा प्रहरीहरु कै संलग्नतामा हुन्छ तस्करी, कुन तस्करले कति रकम बुझाउँछन ?

निरज झा विराटनगर । तस्करी नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने प्रहरीहरु नै तस्करीमा लागेपछि कसको के लाग्छ र? उल्टै उनीहरूकै नेतृत्वमा मोरङमा तस्करी मौलाएको छ । जानकारका अनुसार उनीहरूले तस्करसँग मासिक एक लाख सम्म रकम लिएर...

प्रधानमन्त्री दाहाल पदमुक्त

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतराखेकामा प्रश्ताव अस्वीकृत भएकाले उनी पदबाट मुक्त भएका हुन्। तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको...

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

विराटनगर। विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो...

 बाढीपहिरोबाट एक सय एकको मृत्यु

  विराटनगर । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा लगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि असार २८ गते बिहान...

नापी कार्यालय लगनखेलका कार्यरत सर्वेक्षक सहित दुई जना पक्राउ

  काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको...

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय...

काँग्रेस एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफै नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको...

रास्वपा केन्द्रीय समितिबाट मुकुल ढकाल निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार...

 पाँचौँपटक विश्वासको मत लिँदै ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि भोलि...

ऐतिहासिक चलचित्र ‘नालापानी’ पुनः रिलिज हुने

विराटनगर । ऐतिहासिक चलचित्र ‘नालापानी’ पुनः रिलिज हुने भएको छ । आगामी साउन २५ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको हो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले नालापानीको पुनः रिलिजका लागि तयारी भइरहेको जानकारी दिए ।...