सभापति देउवाद्वारा डा कार्कीप्रति श्रद्धाञ्जली

सभापति देउवाद्वारा डा कार्कीप्रति श्रद्धाञ्जली

 राष्ट्रिय डेली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता स्व डा राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्वसदस्य  डा कार्कीको बुधबार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि  आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
श्रद्धाञ्जली सभामा  कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन।
पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घ धादिङको जिल्ला अध्यक्ष बनेका डा कार्की विसं २०३७ मा नेविसङ्घ महाराजगञ्ज क्याम्पसको अध्यक्ष बनेका थिए ।
विसं २०४३ मा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, विसं २०५३ मा नेपाली कांग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र विसं २०६४ मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...

नमुना विद्या मन्दिरमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना...

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ र न्यूरो कार्डियो मल्टिस्पेशलिटी हस्पिटल विराटनगरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल र हस्पिटलका तर्फबाट अपरेशनल डिरेक्टर राजेश भट्टराईले...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...