विराटनगर । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले दादुरा रुवेला रोकथाम तथा नियन्त्रण अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वडा न :१ आधारभुत स्वास्थ्य सेवा केन्द्रले राधाकृष्ण भुपालमान सिङ्ग कार्की मा.वि. स्कुलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
![](https://rastriyadaily.com/wp-content/uploads/2023/08/6dab7263-e9cd-4a13-b8b0-333f9e906100-300x225.jpeg)
६ महिना देखी १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाइ लाग्ने दादुरा र रुवेला रोग नियन्त्रण तथा रोकथामका बारेमा अभिमुखिकरण गराइएको थियो । विराटनगर महानगरपालिकाले वडा न १ ले वडा भरिका विभिन्न सद्य संस्था , शिक्षक, शिक्षिकाहरु , बाल क्लव,आमा समुह तथा टोल संगठनका पदाधीकारिहरुलाइ दादुरा तथा रुवेला रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गराएको हो ।
वडा आधारभुत स्वास्थ्य सेवा केन्द्रले यहि आगामी भाद्र ११ गते देखी ६ महिना देखी १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई दादुरा र रुवेला विरुध्दको खोप लगाउने बताएको छ । वडा न १ का वडाध्यक्ष काजी बहादुर बस्नेत अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका थिए ।
Post Views: 34