इटहरी कांग्रेसमा यी हुन् विकास केसीले चुनाव जित्ने आधार

इटहरी कांग्रेसमा यी हुन् विकास केसीले चुनाव जित्ने आधार

 राष्ट्रिय डेली

इटहरी कांग्रेसमा यी हुन् विकास केसीले चुनाव जित्ने आधार

सुनसरी । नेपाली कांग्रेसको यही असोज ९ गते (शनिबार) पालिकाको नगर अधिवेशन हुँदैछ । यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व गर्नका लागि तीन आकांक्षी चुनावी मैदानमा छन् । वर्तमान सभापति हेमकर्ण पौडेल, नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी र वर्तमान नगर सचिव प्रकाश बस्नेत सभापति पदका लागि आकांक्षी हुन् । तर, बस्नेतका पिता दुर्गाबहादुर बस्नेतको दुईदिनअघि निधन भएपछि उनी चुनावको तयारीमा होमिन पाएका छैनन् ।

वर्तमान सभापति हेमकर्ण र विद्यार्थी राजनीतिबाट उदाएका केसी अहिले चुनावी चटारोमा छन् । पौडेलले दुई कार्यकाल नगर चलाइसकेपछि पुनः तेस्रो कार्यकाल सोही पदमा उमेद्दारी दिनुले अब इटहरी कांग्रेसले परिवर्तन चाहेको अधिकांश कार्यकर्ताहरूको भनाइ छ ।
केसी संस्थापन पक्षका नेता हुन् भने पौडेल संस्थापनइतरका । त्यसो त केसीलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानादेखि उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल सम्मको साथ भएकाले उनै केसीले चुनाव जित्ने धेरैजसो कार्यकर्ताको आँकलन छ । नेविसंघ सभापति राजीव ढुंगाना, मेयरका प्रत्यासी रोहित प्रसाईँ, उवासंघ अध्यक्ष भीम पौडेल, कांग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ तथा अन्य थुप्रै बलिया नेताहरू केसीका साथमा छन् ।

मेयरका प्रत्यासी रोहित प्रसाईँ भन्छन्, ‘अब इटहरीले नेतृत्व परिवर्तन चाहेको छ भन्ने धेरैको माग छ, राजनीतिक हिसाबमा सबैलाई स्पेस पनि चाहिन्छ ।’
उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएका कारण इटहरी कांग्रेसले नेतृत्व परिवर्तन खोजेकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘जहाँ पार्टी संगठित हुन्छ, त्यहाँ कांग्रेस बलियो हुन्छ, इटहरी कांग्रेसलाई बलियो बनाउनका लागि पनि यसपटक सर्वसम्मत रूपमा टिम बनाए हुन्थ्यो ।’ संगठन बलियो बनाउनका लागि पनि एकपटक सर्वसम्मत गरेर नेतृत्व चयन गरे सकारात्मक ‘म्यासेज’ जाने उनको तर्क छ ।
नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले हालसम्मको अकंगणितको हिसाबमा केसीले नै चुनाव जित्ने दाबी गर्छन् । ‘गाउँ–गाउँबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ,’ उनले भने, ‘नेविसंघमा रहँदा विकास केसीको सक्षम नेतृत्वकै कारण आज कांग्रेस इटहरीले उनको नेतृत्व खोजेको छ ।’ उनले कांग्रेसलाई संगठित गरेर र सबैलाई समेटेर लैजानका लागि पनि केसीको नेतृत्व आवश्यक परेको बताए ।

 

सभापतिका आकांक्ष विकास केसीले भने आफूले चुनाव जित्ने दाबी गर्छन् । आफूले सबै क्षेत्रका मानिसहरूलाई टिममा समेटेका कारण पनि आफू जीतको नजिकमा पुगेको उनको दाबी छ । ‘मेरो चुनाव जित्ने आधार भनेको साबिक हाँसपोसा, एकम्बा र खनार क्षेत्रका मानिसहरूलाई पनि समेटेर समावेशी टिम बनाएको छु,’ केसी भन्छन्, ‘साबिकका गाविसलाई प्रतिनिधित्व गर्नेगरी सबैलाई समेटेको छु, इटहरी कांग्रेसले यसपटक परिवर्तन खोजेको छ ।’

 

हाल कांग्रेस इटहरी संस्थागत हिसाबले नचलेका कारण गत स्थानीय तहको चुनावममा मेयर, उपमेयर पदमा हार व्यहोर्नुपरेको र अब आफ्नो कार्यकालमा सबै पदमा विजयी बनाउने लक्ष्य लिएको केसीको भनाई छ । ‘२०५२ सालदेखि विद्यार्थी राजनीति गरेकाले मैले नेविसंघमा रहँदा प्रतिपक्षी पार्टीसँग पनि फेस गर्ने काम गरेको छु,’ केसीले भने, ‘नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका कारण पनि संगठन निर्माणका निम्ति मेरो परिपक्कता छ, पार्टीमा निरन्तर लागिपरेको छु ।’ उनले आफूले १३ औँ महाधिवेशनमा कांग्रेस इटहरीमा उपविजेता भएपनि अरूहरूजत्तिकै खटेको दाबी गरे ।

‘देशले नै परिवर्तन मागिरहेको बेला मेरो प्रतिष्पर्धी हेमकर्ण पौडेल तीन कार्यकाल नगरमै बस्नु अनूचित हुन्छ भन्ने हो,’ उनले भने, ‘तर चुनावी प्रक्रियामा समावेश हुनु अधिकारको कुरा हो, यसपटक सबैको साथ भएकाले मैले चुनाव जित्नेछु ।’ उनले नेविसंघ सभापतिदेखि उवासंघका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्ष, लायन्स, जेसीज जस्ता संस्थाको पनि साथ रहेका कारण चुनाव जित्ने दाबी गरे । ‘विभिन्न समस्यामा फेस गर्न सक्ने र सबै समेटिएको टिम भएका कारण मेरो चुनाव जित्ने आधार हो, समावेशी टिम भएकै कारण मैले चुनाव जित्छु,’ उनले भने, ‘चुनावी अभियानमा मात्रै होइन, अन्य समयमा पनि कार्यकर्ताको समस्यामा साथ दिएका कारण यसपटक इटहरी कांग्रेसको नेतृत्व मैले लिनुपर्छ र क्षेत्रीय प्रतिनिधिहरूले मलाई नै मत दिनुहुन्छ ।’

सभापतिका आकांक्ष केसीको टिमबाट उपसभापतिमा बालकृष्ण विष्ट, चन्दन साहले उमेद्दारी दिएका छन् । यस्तै, सचिवमा प्रकाश चौधरी र मन्दिप भट्टराईले उमेद्दारी दिएका छन् भने सह–सचिवमा मेनुका गिरीले उमेद्दारी दिएकी छन् ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...