
‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
भेषराज पोखरेल
विराटनगर । प्राकृतिक नियम नै हो पुरुष कठोर र नारी कोमल हुनु, यदि पुरुष कोमल भयो भने नारीको रोजाइमा पर्दैन त्यस्तै नारी कठोर भइन् भने पुरुषको रोजाइमा पर्दिनन्। प्रकृतिले पुरुष र नारीका हरेक अङ्ग, संवेदना र अनुभूतिलाई भिन्न बनाएको छ, आवाजमा पनि भिन्नता हालिएको छ। शृङ्गारको शोभा नारीमा जति धेरै खुल्छ त्यही अनुपातमा गर्ने हो भने पुरुष पूर्ण रूपले अशोभनीय र भद्दा देखिन्छ ।
यसैगरी पुरुषको स्वभाव केही आक्रामक र दम्भसहितको हुन्छ भने नारीको स्वभावमा सहनशीलता ज्यादा हुन्छ। यही कारण सन्तान जन्माउने र हुर्काउने अभिभारा पनि प्रकृतिले नारीलाई दिएको छ। यही कुरालाई मनन गरेर होला अस्पतालमा नर्स पनि नारीलाई नै बनाइएको हुनुपर्छ, शिशु स्याहार केन्द्रमा पनि नारीकै भूमिकालाई निर्विकल्प मानिएको हुनुपर्छ।
नारीले शृङ्गारिक हुनु वा हुन चाहनुमा पनि पुरुष नै केन्द्रमा रहेको देखिन्छ। एक पटक एउटा रियालिटी सो मा अमिताभ बच्चनले माधुरी दीक्षितलाई एकोहोरो हेर्दा उनले आपत्ति जनाएकी थिइन्। यसको प्रतिक्रियामा अमिताभले भनेका थिए, तपाईं जस्ती सुन्दरीलाई हामी जस्ता पुरुषले हेरेनौ भने तपाईंको सुन्दरताको अपमान भएन र <
एउटा प्राकृतिक सत्य के पनि हो भने प्रशंसाको भोक नहुने मान्छे नै हुँदैन। कुनै शृङ्गारिक महिलालाई तपाईंले हेर्नु भएन वा देखेर पनि नदेखे जस्तो गर्नु भयो भने उनले तपाईंको व्यवहारबाट ठुलै अपमानको बोध गर्न पुग्छिन्। यही आशा पुरुषले पनि महिलाबाट राखेको हुन्छ। तरपनि महिलाको तुलनामा पुरुष मात्रै किन बढी बदनाम हुने गर्छ <
यो प्रश्नको उत्तर जति अनुभूतिसँग जोडिएको छ त्यत्तिकै सामाजिक लोकलाजमा निर्भर रहेको छ। वास्तवमा कुनैपनि पुरुषले महिलालाई हेर्दा कुन आशयले हेरेको हो भन्ने कुरा नारीले तत्कालै अनुभूत गर्न सक्छिन्। मनसाय गलत भन्ने अनुभूति हुनासाथ उनको प्रतिक्रिया अप्रिय हुन्छ भने मनसाय सही भन्ने अनुभूत भएमा मुस्कानसहितको प्रतिक्रिया प्रकट हुन्छ। तर मनसाय राम्रो भएपनि सामाजिक लोकलाजबाट आफूलाई जोगाउन र आफ्नो चरित्र सही छ भनेर देखाउन कतिपय नारीहरूले पुरुषमाथि सबै दोष थोपर्ने गरेको पनि पाइन्छ।
अर्को कुरा पुरुष स्वभावैले आक्रामक हुने हुनाले पनि बढी आक्षेप बेहोर्न बाध्य देखिन्छ। कुनैपनि समाज नारी र पुरुषको सन्निकटताबाट मुक्त हुनै सक्दैन। नारीसौन्दर्यको विषयमा बोलेर बदनाम हुने पुरुषहरूभन्दा मौन रहेर सर्वप्रिय देखिने पुरुषहरू धेरै घातक हुन्छन्।
अपवादको रूपमा केही नारीहरूमा पनि पुरुषप्रतिको आकर्षणको प्रकटीकरण अप्राकृतिक नै रहेको पाइन्छ। तर नारीमा विद्यमान प्राकृतिक स्वभावको आडले गर्दा पुरुष निर्दोष हुँदाहुँदै पनि समाज र कानुनको सम्पूर्ण सहानुभूति चाहिँ नारीप्रति नै पोखिन जान्छ र पुरुष बदनाम हुन पुग्दछ। यो भनेको चाहिँ ठुलो बाहन र सानो बाहन ठोक्किँदा गल्ती सानोले गरेको भएपनि सजाय केवल ठुलोले नै भोग्नु जस्तै हो।
नारीले बुझ्नै पर्ने कुरा के पनि हो भने कुनै पुरुषले आफ्नी श्रीमतीलाई अरुले हेर्दा जति धेरै आपत्ति व्यक्त गर्दछ आफूले गर्ने यही कार्यलाई उसले त्यत्तिकै जायज ठानेको हुन्छ। अन्तमा माथि विश्लेषण गरिएका कुरामा कसैले विमति राख्नुहुन्छ भने पनि त्यो उहाँको नैसर्गिक अधिकार हो। मेरा विचारहरू नै अन्तिम सत्य हुन् भन्ने भ्रमबाट म स्वयं मुक्त हुन चाहान्छु। उल्लिखित पौरुषीय कमजोरीहरूबाट म पनि अछुतो छैन भन्ने कुरालाई निसंकोच स्वीकार गर्दछु।
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...
विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...
संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...
विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...
काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...
विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...
विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...
विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...