मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

 राष्ट्रिय डेली

विराटनगर ÷ महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा खसीको मासुकै मूल्यमा बाख्राको मासु बिक्री गरेर व्यापारीहरूले उपभोक्ता ठगि गर्ने गरेको पाइएको हो ।
पैसा कमाउनका लागि व्यापारीले कतिसम्म उपभोक्तालाई ठग्छन् भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन । विराटनगरका विभिन्न स्थानमा सञ्चालित मासु पसलले खसीको भन्दै बाख्रा मासु बिक्री गर्ने गरेको पाइएको छ । दसैंमा बढी माछा–मासु बढी खपत हुने भएकाले सोही मौका छोपेर व्यापारीले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको गुनासो आएको थियो । कतिपय उपभोक्ताले घरमा लगेर पकाउँदा नपाक्ने, एकछिन राखेपछि गन्हाउने गरेको हर्टलाइनमार्फत टिपाएका थिए ।

विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जपथ गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्म ५ महिनादेखि डी फ्रीजमा राखेको माछासमेत फेला परेको छ । उक्त माछा पूरै गन्याएको थियो । पसलका कर्मचारीले समेत ५ महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

महानगरले बिहान ६ बजे नै गुद्रीमा पुगेको थियो । अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश पसल बन्द गरेर भागेका थिए । मेयर नेतृत्वको टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलमा फ्रिज भित्र गनाएको मासु फेला परेको थियो । टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि (हर्ट लाइन) मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका मेयर कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए । “हर्टलाइनमा धेरै नै गुनासो आएपछि म आफैं अनुगमन निस्किएको हुँ, उपभोक्ताले गुनासो गरेजस्तै नै रहेछ अवस्था,” उनले भने, “एकपटकलाई हामीले सचेत गराएर छाडेका छौं, केहीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौं । फेरि पनि त्यस्तै भेटिए पसल नै शिल गर्छौं ।”

केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रंगसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । मेयर कोइरालाले अब फेरि रंग दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिए । व्यापारीहरू एकपटकलाई माफी दिन आग्रह गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । टोलीले दर्ता, नविकरणलगायतका कागजपत्रसमेत चेकजाँच गरेको थियो । अनुगमन टोलीमा आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेल, महानगरका निरीक्षक अधिकृत हरिप्रसाद गुरागाईं, नगर प्रहरीका प्रमुख राजन पौडेल, खाद्य प्राविधिक धीरज राईलगायत सहभागी भएका थिए ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...