खेतमा धान सुक्दा पुनर्वास नगरपालिकाका किसान चिन्तित

खेतमा धान सुक्दा पुनर्वास नगरपालिकाका किसान चिन्तित

 राष्ट्रिय डेली

बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बोट सुकेका छन् । केही बोट रातो(पहेँलो भएका छन् ।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन् । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’

पुनर्वास(५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए ।

साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो ।

‘बाढी पसेको दुईरतीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै सुकिसक्यो ।’

उनका अनुसार पानी जमेको ठाउँमा दुईरतीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।

‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या छ ।’

डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए ।

‘रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ’, उनले भने, ‘अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन ।’

पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश राना थारूले बताए ।

‘सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो’, उनले भने, ‘यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।’

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ ।

‘परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।’

adv-single
सम्बन्धित समाचार

‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...

टिभिएसको एक्स्चेन्ज मेला असोज ९ देखि १२ सम्म

  विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...

कोशी प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...

एमबीइ कार्यक्रम तथा एआईबी साउथ एसिया कन्फ्रेन्स सम्बन्धि अन्तरक्रिया सम्पन्न

विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...

विद्यार्थी परिषदद्वारा संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसमा शैक्षिक सामग्री वितरण

संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...

नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले मनायो विश्व फार्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...