काठमाण्डौ । सेयर बजार आज सोमवार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको सेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर सेयर झन्डै आठ प्रतिशतले घटेको छ ।
आज ४७ लाख ४२ हजार कित्ता सेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
Post Views: 12