एकीकृत समाजवादीले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्य मनोनीत

एकीकृत समाजवादीले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्य मनोनीत

 राष्ट्रिय डेली

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव र दिपक केसी रहेका छन् ।

धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्यायलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको नेकपा एसले जनाएको छ ।

यस्तै, नेकपा एसले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारी पनि तोकेको छ । जिल्ला÷विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...