मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ ।

मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आज नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न गरेको हो । झोराहाट नाट्यघरमा आयोजित कार्यक्रममा मोबाइल प्रयोगले विद्यार्थीमा पारेको असरका विषयमा ‘आधा सत्य’ नाटक मञ्चन गरिएको थियो ।

सोही अवसरमा आयोजित कविता प्रतियोगितामा अभिनव दाहाल, जिज्ञासा काफ्ले, रोजन पाण्डे र सम्भवी कोइराला उत्कृष्ट घोषित भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र गोविन्द निरौलाको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो । २ देखि ५ र ६ देखि ९ कक्षा गरी दुई समूहमा विभाजित गरेर नेपाली र अंग्रेजी भाषामा २४ जना विद्यार्थीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । विभिन्न दुई चरण पार गरेर अन्तिम फाइनलका लागि २४ जना विद्यार्थी छनौट भएका थिए । २४ जनाबाट उत्कृष्ट चारजना छनौट गरिएको हो ।

त्यसैगरी हिज्जे प्रतियोगितातर्फ प्रियान्सु यादव, रिदिशा थापा, सेसिका काफ्ले र प्रकृति अधिकारी पुरस्कृत भएका छन् । साहित्यकारसमेत रहनुभएका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितातर्फ विजयी हुने रिदम घिमिरे, आवास खड्का, विज्ञान पौडेल र सजक अधिकारीलाई पुरस्कृत गरिएको थियो । सबै पुरस्कृतहरुलाई प्रमुख अतिथि नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द निरौला, प्रिन्सिपल इन्द्र राईलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।

 

त्यसैगरी कार्यक्रम संयोजकहरु उमा कार्की, आस्मा उपाध्यक्ष, रक्षा गौतम, गीता अग्रवाल, पुरुषोत्तम आचार्यलगायतलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताए ।

adv-single
सम्बन्धित समाचार

‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...

टिभिएसको एक्स्चेन्ज मेला असोज ९ देखि १२ सम्म

  विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...

कोशी प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...

एमबीइ कार्यक्रम तथा एआईबी साउथ एसिया कन्फ्रेन्स सम्बन्धि अन्तरक्रिया सम्पन्न

विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...

विद्यार्थी परिषदद्वारा संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसमा शैक्षिक सामग्री वितरण

संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...

नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले मनायो विश्व फार्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...