चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

 राष्ट्रिय डेली

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार मेट्रिकटन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसअघि वाणिज्य मन्त्रालयले ५० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुल छुटको सहमति प्रदान गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । तर अर्थ मन्त्रालयले २० हजार मेट्रिकटन चिनी आयातका लागि ५० प्रतिशत मात्र भन्सार महसुल छुट दिने गरी आयातको सहमति प्रदान गरेको वाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

नजिकिँदै गरेका चाडपर्वका समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी ‘कार्टेलिङ’ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न वाणिज्य मन्त्रालयबाट सहमति माग गरिएको विषय कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण भएको समितिका सभापति अब्दुल खाँनले जानकारी दिए ।

बैठकले उपभोग्य वस्ुतमा हुने मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धिजस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुको बजार अनुगमन गर्ने कार्यका लागि पर्याप्तमात्रामा जनशक्ति र स्रोतसाधनको व्यवस्था गरी अनुगमनलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले देशमा विभिन्न स्थानमा सुपथ मूल्य पसल खोली उपभोक्तालाई सुपथ, सस्तो र गुणस्तरीय उपभोग्य सामान उपलब्ध हुने व्यवस्था मिलाउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले दैनिक प्रयोग हुने खाद्यवस्तु नुन, चिनी, चामल, दाल, तरकारी, तेल, दूध, पानी र औषधिलगायतका उपभोग्य वस्तुमा दशँै तिहार तथा छठ पर्वलाई लक्षित गरी हुने कालोबजारी, मूल्यवृद्धि, मिसावट, कृत्रिम अभावलगायत विषयमा समितिले स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ । उक्त अनुगमनका लागि सभापतिको नेतृत्वमा चार समिति सदस्य र दुई कर्मचारी रहेको अनुगमन टोली गठन गर्ने बैठकको निर्णय छ ।

समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चाडवाडको मुखमा चिनीको अभाव हुन नदिन भारतबाट चिनी आपूर्तिका लागि पत्राचार गरिएको बताए । नेपाली बजारमा तीन लाख मेट्रिकटन चिनीको माग भए पनि उत्पादन दुई लाख ६० हजार मेट्रिकटन मात्र रहेको छ ।

“चिनीको अभाव हुन नदिन ५० हजार मेट्रिकटन चिनी उपलब्ध गराइदिन भारतसँग पत्राचार गरिएको छ, भारतीय पक्षबाट नेपालले माग गरेअनुसारको चिनी उपलब्ध गराइदिने जानकारी आएको छ”, उनले भने ।

अर्थमन्त्रालयले २० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको उहाँले जानकारी दिनुभयो । सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ । दश हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङ कर्पाेरेशन र १० हजार मेट्रिकटन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आयात गर्ने सरकारको तयारी छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दैनिक उपभोग्य वस्तुको आपूर्तिको स्थिति सहज भए पनि बजारको स्थिति डामाडोल रहेको बताए । “कुनै कुराको अभाव छैन, तर मूल्य हेर्यो भने अस्वभाविक मूल्यवृद्धि भएको छ, अनावश्यक ढङ्गले महँगो बनाइएको छ”, उनले भने ।

बैठकमा सदस्यहरुले चिनीको माग, उत्पादन र आपूर्तिको एकीकृत तथ्याङ्क राख्न, ऊखु किसानका समस्या समाधान गर्न, चिनी उत्पादनमा आत्मनिर्भर हुने योजना ल्याउन तथा बजार अनुगमनलाई तीव्र पार्नुपर्नेमा जोड दिएका थिए ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...