विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
![](https://rastriyadaily.com/wp-content/uploads/2023/09/IMG_3406-300x200.jpg)
तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । तिजको महत्व र यससँग जोडिएका विविध पक्षको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।
![](https://rastriyadaily.com/wp-content/uploads/2023/09/IMG_3481-300x200.jpg)
कार्यक्रमका अवसरमा विद्यार्थी तथा अतिथिहरूलाई विभिन्न खेलहरू समेत खेलाइएको थियो । कलेजले विभिन्न चाडपर्व र संस्कृतिसँग जोडिएका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
![](https://rastriyadaily.com/wp-content/uploads/2023/09/IMG_3867-300x200.jpg)
पूर्वाञ्चल वाल सेवा आश्रमका संस्थागत अध्यक्ष सीता पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यकार सीमा आभास, अधिवक्ता रुक्मिना दाहाल, यौन अल्पसङ्ख्यक कार्यक्रम संयोजक मुस्कान श्रेष्ठ, एबीसी नेपालका सदस्य सृजना भण्डारी र राष्ट्रिय भूमि आयोग मोरङकी अध्यक्ष शुशिला घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
Post Views: 33