विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति, मेलमिलाप र सहिष्णुता जस्ता विषयहरुमा नाटक तयार गरेर विद्यार्थीहरुले अभिनय गरेको पूर्वाञ्चल स्कुलको ‘स्वाद’ उत्कृष्ट नाटक घोषणा हुँदै पुरस्कृत भएको हो ।
![](https://rastriyadaily.com/wp-content/uploads/2023/09/377674541_795858045649111_6007546151135686211_n-300x200.jpg)
१० औँ तथा अन्तिम दिन कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम आमाहरुलाई एकाकार रुपमा हेर्दै अभिभावक र सन्तानप्रतिको सम्बन्ध देखाउन खोजिएको उक्त नाटकबाट सन्तानलाई सम्पत्ति भन्दा पनि संस्कारको आवश्यकता पर्छ भन्ने सन्देश दिइएको थियो ।
उक्त नाटकसँगै समापन भएको महोत्सवमा विराटनगरका विभिन्न ९ विद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए । यस्तै ‘कोपिला’मा अभिनय गर्ने ग्रिनल्याण्ड स्कुलका विद्यार्थी आरभ कोइराला उत्कृष्ट अभिनेता र सम्पदा निरौला उत्कृष्ट अभिनेत्री घोषणा हुँदै पुरस्कृत भए ।
Post Views: 109