सुनसरी । सुनसरीमा मेला र मनोरञ्जनका नाममा समाजिक बिकृती बढदै गएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित दक्षिणवर्ती गाउँपालिकाहरु हरिनगर, देवानगंज, बर्जु लगायतका गाँउपालिकामा मेलाको नाममा भिडभाड र अस्लिल भोजपुरी गितमा गरिएको नृत्यले गाउँ समाजमा लज्जित हुनु परेको स्थानियको भनाइ छ ।
सुनसरी प्रशासनको गैर जिम्मेवारी पनले सुनसरीमा यस्ता गतिबिधि मैलाएको पाइएको छ । कोरोना महामारी पुर्ण रुपमा नसकिए पनि गाउँघरमा अहिले मेलाको नाममा अस्लिलता बढेको देखिन्छ ।
सुनसरी जिल्लाका जिम्मेवार जनप्रतिधिहरुले नै यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको देखिन्छ । साँस्कृतिक कार्यक्रमको नाममा बाहिरबाट कलाकार ल्याइ अस्लिल नृत्य हुने गरेका कारण समाजमा विकृती फैलन सक्ने स्थानियहरुले बताए ।
सुनसरीको क्षेत्र नः २ का सांसद सिताराम मेहता, प्रदेश सभा सांसद राजिव कोइराला, क्षेत्र प्रतिनिधि श्यामलाल मेहता लगायतको उपस्थितिमा देवानगंज गाउँपालिमा कुस्ती खेलको उदघाटन गरि संचालन गरेका छन । सुनसरीको वागडोर सम्हालेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समेत उक्त्त कार्यक्रमा उपस्थित थिए । यसले पनि प्रष्ट हुन्छ कि सुनसरीमा प्रशासनकै रोहबरमा भिडभाड गरेको देखिन्छ । तर यता कोरोना महामारी पुर्ण रुपमा निर्मुल नभए सम्म सुनसरी जिल्ला प्रशासनले कुनै पनी भिडभाड गरी कार्यक्रम नगर्न आदेश दिएको थियो ।
यस विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव संग कुरा गर्दा सुनसरीमा कुनै पनि मेला, जात्रा गर्न अनुमति नदिएको प्रतिकृया दिए। तर प्रमुख जिल्ला अधिकारी यादव आफै सो कार्यक्रममा उपस्थित थिए ।