जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दिपावली छठका बेला पनि फोहोरले उपमहानगर भरिएपछि वडाध्यक्षहरूले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।
दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान वडाध्यक्षहरुले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् । फेहोर व्यवस्थापन नभए साहलाई कालोमोसो दल्ने चेतावनी पनि वडाध्यक्षहरूले दिएका छन् ।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।
नगर प्रमुख साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति कुनै वास्ता नगरेको उनीहरुको आरोप छ ।
Post Views: 249