पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति

 राष्ट्रिय डेली

पर्वत ।  मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।
पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैँयु र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पु¥याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिएका छन । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उनको गुनासो छ ।
त्यसैगरी, कुश्मा वडा नं १ पाङको फाँट, वडा नंं ९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरुले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिएका छन ।
कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पु¥याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिएका छन । उनले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताएका छन।
“हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भने, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठूलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताएका छन ।
जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेलपुर भइसकेको छ । कृषक दसैको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रुपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...