कोशी प्रदेशमा सरकारले पुर्णता पाएको छैन । सरकारलाई पुर्णता दिन कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गरेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आइतबार नेपाली काँग्रेस झापाले आयोजना गरेको कार्यक्रममा बेल्दै कोशीमा सर्वदलीय सरकार आवश्यकता रहेको बताए ।
अहिले सम्म सरकार गठन गर्ने नसकेका कार्कीले संविधानको सदुपयोग गर्दा पार्टी भित्र विद्रोह गरेको रूपमा लिनु नहुने समेत स्पष्टीकरण दिए ।
नेपाली काँग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको दाबी गरे ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताकालागि गौरवको विषय भएको बताए । कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।