परम्पारगत बालीको विकल्प बन्दै भोजपुरमा किवी

परम्पारगत बालीको विकल्प बन्दै भोजपुरमा किवी

 राष्ट्रिय डेली

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेती भन्दा किवी खेती बाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नम्बर नागीको लुङ्गिन र ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

टेम्केमैयुङ–४ नागीमा व्यावसायिक रूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताए । आफूले १५० भन्दा बढी बिरुवा लगाएर व्यावसायिकरूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताए ।

“किवीखेती किसानको रोजाइको बाली बनेको छ”, उनले भने, “अन्य बाली हटाएर किवीखेती विस्तार भइरहेको छ । मकै, आलुखेतीभन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।”

सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए । किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानीसमेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । किवीखेतीबाट वार्षिक छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवीखेतीको विस्तार गरेको उनको भनाइ छ ।

“वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवीखेती गरिरहेको छु”, विष्टले भने, “राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हँु । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”

टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

“गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा कामको थालनी गरिरहेका छौँ”, उनले भने, “व्यावसायिकरूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।”

किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि १५० केजीसम्म फलाउन सकिने स्थानीय कृषक रत्नबहादुर विष्टले बताए । पछिल्लो समय किवीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उनको भनाइ छ । गाउँघरका मानिस मकै, आलुखेती छाडेर व्यावसायिक किवीखेतीमा लागेको विष्टले बताए ।

किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यावसायिक खेतीमा लागेका किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ ।

adv-single
सम्बन्धित समाचार

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्घ

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडा अध्यक्षकै अनुगावाईमा बाटो बन्द...

सिरहामा दुई महिलाको हत्या

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको...

शेयर बजार आज पनि घट्यो

काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा...

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र

फुङ्लिङ  ।  कोशी प्रदेश  नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदै पाथीभरा आएका सयँै यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची   राजमार्गमा यातायातका...

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ  झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही...

उर्लाबारी आगलागीमा घाईते पाँचजनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु...

सांसद महराको धनमाल चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको...

सुनको भाउ फेरि आकासियो, मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय...

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।...

ग्रेसले मनायो १७ औँ स्थापना दिवस

  विराटनगर । विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको विराटनगर र दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर र दमकमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो...

पानीको बोतल भित्र किरा भेटियो

काठमाण्डौ । काठमाण्डौमा पानीको बोतलभित्र किरा भेटिएको छ । सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ । गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड...