अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

 राष्ट्रिय डेली

 

विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै गृह मन्त्रालयको निर्णयले सिभिल प्रहरीहरु बोर्डर केन्द्रिद खटाउन नपाउने नियमको उलङघन गर्दै तस्करहरुसंग मोटो रकम उठाउने गरेको आरोपमाहेडक्वार्टर तानिएका हुन् ।

‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी कार्की आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार गर्ने गरेको आरोप लाग्दै आईरहेको थियो भने खादा पोसाकमा प्रहरीहरु खटाएर अनलाईन अनलाइनमार्फत जुवा खेल्नेहरुसँग समेत पैसा असुलेको आरोप लागेको छ । प्रहरी स्रोतका अनुसार नवराज कार्काीले खादा पोसाकमा प्रहरी खटाएर रकम असुल्ने गरेको आरोपमा प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको बताएको छ ।

‘गृहको निर्णयलाई मध्यनजर गर्दै अगाडिका डिआईजी राजेशनाथ बाँस्तोलाले धुमुवा प्रहरीहरुलाई हटाएका थिए । तर मोरङ प्रहरी प्रमुख भएर नवराज कार्की आएसंगै बाँस्तोलाले सरुवा गरेर पठाएका प्रहरीहरुलाई पुन सादा पोसाकमा खटाएका थिए । एसपी नवराज कार्की मोरङ आए लगतै बिवादित प्रहरीहरुलाई सादा पोसाकमा खटाएर तस्करहरुसंगको मिलेमतोमा तस्करीमा संलग्न भएको आरोप पटक पटक लाग्दै आईरहेको थियो ।

मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । उनका भनाई अनुसार केहि विषयमा छानविन गर्नु पर्ने भएकाले हेडक्वार्टर ल्याईएको उनले बताएका छन् । तर, एसपीलाई सरुवा गर्नुको कारण भने उनले खुलाउन चाहेनन् ।

एसपी कार्कीको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो । फागुन ७ गते मोरङ हाजिर भएका थिए । उनलाई ८ महिनामै सरुवा गरिएको हो ।

अहिले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कार्कीलाई हेडक्वार्टर तानेर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाइएको छ । लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

adv-single
सम्बन्धित समाचार

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...

रविलाई समात्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...

अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

  विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...

२० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोपमा इन्स्पेक्टर सहित ४ जना प्रहर्री अनुसन्धानमा

  विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु :मन्त्री पौडेल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...

२१ महिनापछि सरकारको नेतृत्व देउवालाई दिन्छु : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्। दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई...

दशैँ मनाउन उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारले यस...

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

विराटनगर । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ। आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना...

३७ अंकले बढ्यो नेप्से परिसूचक

विराटनगर । सेयर बजार आज पनि बढेको छ। यस दिन नेप्से ३७.१३ विन्दुले बढेर २६९०।७२ अंकमा आएको छ। त्यस्तै कुल कारोबार ७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन्।...

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका जवानको मृत्यु

  विराटनगर । मोरङमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ४ गोकुवा चोकमा...

५६ अंकले बढ्यो नेप्से

विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६५३ दशमलव ५८ मा पुगेको छ। ठूला कम्पनीको...