विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो ।
पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य, कार्यक्रम संयोजक प्रा.डा. सनतकुमार वस्ती, कवि राम अधिकारी र साहित्यपोस्टका प्रधानसम्पादक तथा अध्यक्ष अश्विनी कोइरालाले संयुक्त रूपमा विमोचन गरेका थिए ।
विमोचनपछि प्रमुख अथितिका रूपमा बोल्दै सुष्मा आचार्यले कवि अधिकारी आफ्नो सुयोग्य छात्र भएको स्मरण गर्दै त्रिभुवन विश्वविद्यायलमा कविसँग बिताएका दिनहरूको स्मरण समेत गरेकी थिईन।
आचार्यले आफ्ना हजारौं शिष्यहरू मध्ये केही रामहरू विशेष विद्यार्थी भएको स्मरण गरीन। ‘मैले मेरा सबै विद्यार्थीहरूलाई आफ्ना सन्तानकै रूपमा बौद्धिक पालनपोषण गर्दै आएकी छु । ती मध्ये कवि राम अधिकारी र उनी जस्ता केही विशेष प्रतिभा भएको अनुभव हुन्छ ।’
एक दशकयता अमेरिकाको भर्जिनियामा बसोबास गरिरहेका कवि अधिकारीले यसअघि पनि पत्रपत्रिकामा कविता र समसामयिक लेख्दै आईरहेका थिए । अमेरिका समेत उनी नेपाली साहित्यमा सक्रिय रहँदै आईरहेका छन् ।
Post Views: 113