काठमाडौं / प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन् ।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिए । “शासन गर्ने इच्छा भए चुनाव जितेर आउन म पूर्वराजालाई चुनौती दिन्छु,” देउवाले भने, “आउनुहोस् जनतामाझ सँगै चुनाव लडौं ।”
उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए । “प्रजातन्त्रमा सबैभन्दा सर्वमान्य भनेको जनता नै हुन्, उनीहरु देशका मालिक हुन् । जनताबीच गएर चुनाव जित्न म फेरि पनि ज्ञानेन्द्र शाहलाई चुनौती दिन्छु ।”
Post Views: 213