विराटनगर / पाँच दलीय गठबन्धनबाट प्रदेश–१ को मुख्यमन्त्री बनेका राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ ।
आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । बुधबारको मतदानमा ७९ जना उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।
प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । विश्वासको मत पाएसँगै मुख्यमन्त्री राईले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।
Post Views: 275